प्रधानमन्त्री नेपाल र भारतबीचको फाइलन खेल हेर्न नजाने
नेपाल प्रेस
२०८१ साउन २३ गते १७:००
काठमाडौं । नुवाकोटमा भएको हेलिकोप्टर दुर्घटनाका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच हुने काभा वुमन्स भलिबलको फाइनल खेल हेर्न नजाने भएका छन् ।
यसअघि फाइनल खेल हेर्न जाने तालिका रहे पनि हेलिकप्टर दुर्घटनाका कारण नजाने तय भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
नुवाकोटमा आज एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । दुर्घटनापछि प्रधानमन्त्रीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा साँझ ५ बजेपछि नेपाल र भारतबीच फाइलन खेल सुरु हुनेछ ।
प्रतिक्रिया