रुपन्देहीको मायादेवीले ४३ दिनपछि ल्यायो बजेटः कृषि, स्वास्थ्य र शिक्षा प्राथमिकतामा
रुपन्देही । रुपन्देहीको मायादेवी गाउँपालिकाले निर्धारित समयभन्दा ४३ दिन ढिलो बजेट तथा कार्यक्रम ल्याएको छ । असार १० गते स्थानीय तहले बजेट ल्याउनुपर्ने भएपनि आन्तरिक विवादका कारण रोकिएको थियो ।
उपाध्यक्ष विरामी परेर जिल्ला बाहिर भएपछि गाउँपालिकाका अध्यक्ष धु्रवनारायण चौधरीले आर्थिक वर्ष २०८१/०८२ का लागि ६८ करोड ९१ लाख ५३ हजार बजेट प्रस्तुत गरेका हुन् ।
प्रस्तुत बजेट अन्र्तगत क्षेत्रगत विनियोजित बजेटमा आर्थिक विकासतर्फ ३ करोड ७९ लाख ३ हजार, सामाजिक विकासतर्फ २० करोड ९५ लाख २० हजार, पूर्वाधारतर्फ २८ करोड ३२ लाख ४१ हजार, वातावरण तथा विपद् व्यवस्थापन विकासतर्फ १ करोड ५१ लख ६१ हजार, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ १४ करोड ३३ लाख ४३ हजार बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ का लागि अनुमानित आयतर्फ संघीय समानिकरण अनुदान १३ करोड, संघीय सशर्त अनुदान २७ करोड ७८ लाख ३९, संघीय समपुरक अनुदान १ करोड २५ लाख, संघीय राजश्व बाँडफाँटतर्फ ११ करोड ५१ लाख, प्रदेश समानिकरणतर्फ ९७ लाख १५ हजार, प्रदेश सशर्त अनुदान ८० लाख, प्रदेश राजश्व बाँडफाँड ४७ लाख ९ हजार, आन्तरिक आय जसमा बैँक मौज्दातसमेत गरी ११ करोड ६० लाख अनुमान गरिएको प्रस्तुत बजेटमा उल्लेख छ ।
गाउँपालिकाले बजेटमा प्राथमकिता दिने गरी कृषि, शिक्षा र स्वास्थ्यसंगै पूर्वाधार विकासका लागि जोड दिएको छ । व्यवसायिक कृषि पेशा अवलम्बन गरौँ, आत्मनिर्भर बनौँ नारालाई आत्मसाथ गर्दै गाउँपालिकाले व्यवसायीकरण र बजारीकरणका लागि साना कृषक तथा पशुपालकहरुका लागि कार्यक्रम सञ्चालन गर्ने, सिंचांई परियोजनाको विस्तार र आउटलाइट विस्तारका लागि बजेट विनियोजन भएको छ ।
शिक्षा सबैको सरोकार र अधिकार विषय होः सबैलाई निःशुल्क र गुणस्तरीय शिक्षा पाउनुपर्छ भन्दै गरिब तथा अतिविपन्न विद्यार्थीहरुका लागि छात्रवृत्ति, पुरस्कारजस्ता कार्यक्रम र आवश्यक शैक्षिक सुधार, पूर्वाधारतर्फ बजेट व्यवस्था भएको छ । आमाबुबासंग गाउँपालिका अध्यक्ष कार्यक्रम सञ्चालन गरिने र निर्माणाधीन अस्पताललाई पूर्णता दिने लक्ष्य बजेटमा राखिएको छ ।
गाउँपालिकाभित्र बसोबास गर्ने महिला, दलित, आदिवासी जनजाति, थारु, मुस्लिम, मधेशी, लोपोन्मुख समुदाय, पिछडा वर्ग, अंपागत भएका व्यक्ति, जेष्ठ नागरिक लगायतका वर्गको उत्थानका लागि बजेट व्यवस्था गरिएको छ । घाँघरा, बेथरी, गुननिया मोतिपुर महजिदियालाई समेट्ने गरी लुम्बिनी सौन्र्दयीकरणका लागि .१ करोड बजेट विनियोजन भएको छ ।
कार्यक्रम गाउँपालिकाका प्रवक्ता चोकबहादुर मगरको स्वागत तथा प्रशासन शाखा प्रमुख पम्फा पन्थको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । उपाध्यक्ष नर्वदादेवी उपाध्याय बिरामी भएकाले अध्यक्षले नै बजेट पेश गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीले बताए ।