मधेशको जम्बो मन्त्रिपरिषद्विरुद्ध जनकपुरधाममा जसपा नेपाल समर्थित युवा संघले निकाल्यो कुर्सी जुलुस
जनकपुरधाम । मधेश प्रदेशको जम्बो मन्त्रिपरिषद्विरुद्ध जनकपुरधाममा जसपा नेपालका युवाहरुले कुर्सी जुलुस निकालेका छन् ।
जसपा नेपाल निकट समाजवादी युवा संघका कार्यकर्ताहरुले कुर्सी बोकेर मधेश सरकारविरुद्ध नाराबाजी गरेका हुन् । रामानन्द चौकबाट निकालिएको कुर्सी जुलुस नगरको विभिन्न भागमा परिक्रमा गर्दै जनक चौक पुगेर कोणसभा गरेको छ ।
मंगलबार मुख्यमन्त्री सतीशकुमार सिंहले पाँच राज्यमन्त्री थपेका थिए । योसँगै मन्त्रिपरिषद् २० सदस्यीय भएको छ । मधेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १२ मन्त्रालय छ ।
समाजवादी युवा संघ मधेश प्रदेशका उपाध्यक्ष कमलेश यादवले वर्तमान सरकारले राज्यकोष लुट्न जम्बो मन्त्रिपरिषद् बनाएकाले विरोध गरेको बताए ।
उनले सत्तारुढ दलहरुले प्रदेशलाई बदनाम गरेको आरोप पनि लगाए ।
जसपा नेपालले मधेश लुटन्जेल यी कता थिए ? पालै पालो मधेश लुटिरहेका छन् । पालो अब सिके को । २० मात्र होईन ४० नै ठोकिदे ।