पूर्णबहादुरको परिमार्जित नीति प्रस्ताव- कांग्रेसले भ्रष्टाचार सहँदैन, कुनै दलसँग दुष्मनी राख्दैन (पूर्णपाठ) – Nepal Press

पूर्णबहादुरको परिमार्जित नीति प्रस्ताव- कांग्रेसले भ्रष्टाचार सहँदैन, कुनै दलसँग दुष्मनी राख्दैन (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूणर्बहादुर खड्काले गत महासमितिको बैठकबाट प्राप्त सुझावहरूसमेत समावेश गरी परिमार्जित नीति प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेका छन् । बुधबारबाट सुरू बैठकमा उपसभापति खड्काले महासमिति बैठकको सुझावलाई समेटेर पेस गरेका हुन् ।

नेपाली काँग्रेस सम्मिलित वर्तमान सरकारले सुशासनका सम्बन्धमा केही सकारात्मक कामहरू अघि बढाएको जिकिर गरेका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘यो हाम्रा लागि सुखद र आशा लाग्दो संकेत हो तर यति हुँदाहुँदै पनि सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि कठोर भएर थप काम गर्नु पर्ने आवश्यकता छ । यसका प्रति नेपाली कांग्रेस आफ्नो प्रतिवद्धता दोहोर्याउँछ ।’

देशमा भ्रष्टाचार नियन्त्रण गरी सुशासनको स्थापना गर्नु नेपाली कांग्रेसको प्रमुख नीति हुने जिकिर गरेका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘सुशासन तथा सदाचार नीति तर्जुमा, बलियो भ्रष्टाचार निवारण ऐनको निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनलाई नेपाली कांग्रेस मूल नीतिको रूपमा स्वीकार गर्दछ ।’

कुनै पनि व्यवस्था स्थापनासँगै स्वचालित तवरले विकास, उन्नति र रूपान्तरण भई हाल्छ भन्ने भ्रमबाट नेपाली कांग्रेस मुक्त छ । त्यसैले सामूहिकता, सुकर्म र आत्मअनुशासनलाई सुशासनको आधार मान्दै यसको जगमा उभिएर भ्रष्टाचार नियन्त्रण गर्ने नीति तथा कार्यक्रम तय गर्ने अभिभारा नेपाली कांग्रेसले पूरा गर्नेछ ।’

नेपाली कांग्रेस सबै राजनीतिक दललाई सहकर्मी तथा राजनीतिक मित्र ठान्ने उल्लेख गर्दै भनेका छन्, ‘अनेक दल हुन्छन् र पो लोकतन्त्र हुन्छ, अनि प्रतिष्पर्धा हुन्छ । आफू मात्र भएको कल्पना त घोर निरंकुशता हो । नेपाली कांग्रेसको कुनै पनि दलप्रति विशेष आग्रहसहित मित्रवत् र कुनै दलप्रति दुष्मनीको साइनो छैन । शान्तिपूणर्, मैत्रीपूणर् र लोकतन्त्रप्रति विश्वास भएका सबै राजनीतिक दल कांग्रेसका मित्र हुन् तर हत्या, हिंसा, लोकतन्त्र विरोधी गतिविधि भने नेपाली कांग्रेसलाई कुनै पनि हालतमा मान्य हुने छैन, सह्य हुने छैन ।’

लोकतन्त्रको उदारता प्रयोग गरेर लोकतन्त्रकै गला रेट्न उद्यत दल तथा समूहप्रति भने नेपाली कांग्रेस कहिल्यै उदार नसक्ने उल्लेख छ ।

उदारता र दलहरूप्रतिको सम्मान नेपाली कांग्रेसको सीमा हो तर दलीय पद्धतिप्रतिको विषवमन र उग्रता विरुद्ध भने नेपाली कांग्रेस दृढतापूर्वक चट्टान भएर उभिइरहने छ प्रतिवेदनमा उल्लेख छ ।

यस्ताे छ पूर्णपाठ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर