हिरोसिमा र नागासाकी प्रलयकारी घटनाको सन्त्रास – Nepal Press

हिरोसिमा र नागासाकी प्रलयकारी घटनाको सन्त्रास

मानव सभ्यताको इतिहासमा अति नै पीडादायक घटना समय-समयमा घट्न पुगेका छन् र तिनको सम्झना आइरहेको हुन्छ । दिन, महिना र वर्ष हुँदै समय दौडिरहेको हुन्छ । समयको दौडाइमा दुरी पार हुँदै गर्छ र त्यस क्रममा घटना र प्रसंगको थुप्रो रहिरहन्छ । समयको त्यही थुप्रोमा तीतामीठा सम्झनाको सङ्ग्रह हुन्छ । यहाँ भत्र खोजेको कुरा चाहिँ तीतो र अत्यन्तै अत्यासलाग्दो धत्रै आठ दशक पुग्न लागेको प्रलयकारी घटनाको हो । प्रत्येक वर्ष अगस्त महिनाको पहिलो सप्ताह सुरू हुनै लाग्दा अति नै दर्दनाक घटनाको सम्झना आउँछ र यो सम्झनाले मानव मस्तिष्कमा आजपर्यन्त ठूलो चोट दिइरहेको छ । जापानको हिरोसिमा र नागासाकी शहरमा परमाणु बमले ध्वंस मच्चाएको पनि ७९ वर्ष पुग्दा मानव जातिले जापानमा भोग्नुपरेको त्यो कहरको प्रभाव आजसम्म राम्ररी स्थिर बत्र नसकेको महसुस हुन्छ । त्यसैले समय अलिक ढिलो गरी बितिरहेको छ । त्यो विभत्स घटनाको घाउ सदा बल्झिरहेको महसुस हुन्छ । ज्ञान-विज्ञानका रचनात्मक उत्पादनलाई विध्वंसको औजार बनाइएका घटना इतिहासमा अनेकौं छन् । तिनीहरूमा सबैभन्दा खतरनाक र दीर्घकालीन प्रभाव पार्ने घटना जापानका दुई शहरमाथि गराइएको परमाणु बमको प्रहार नै हो । मानव सभ्यतालाई नै चुनौती दिनेगरी मानवले मानवतामाथि क्रूरतम हमला गरेको घटनाका रूपमा यसलाई बुझ्न सकिन्छ ।

विश्वव्यापी रूपमा विज्ञान र प्रविधिको पहुँच बढी नै राखेको छ । मान्छे-मान्छेबीच अनेकौं भेदभावका बावजुद आर्थिक, सामाजिक र सांस्कृतिक पृथकता घट्दो क्रममा छ । भूमण्डलका सबै जातजाति, राष्ट्र र समुदाय एकअर्कामा निर्भर एवम् एक-अर्काबाट प्रभावित छन्, तर पनि अन्याय शोषण विद्यमान छ । बलिया र कमजोरबीच, सम्पत्र र विपत्रबीच राष्ट्र-राष्ट्रबीच प्रभुत्वको द्वन्द्व छ । यसैगरी राष्ट्रिय अहङ्कार तथा अन्तर्राष्ट्रिय प्रभुत्व कायम गर्ने र प्राकृतिक स्रोतसाधन उपभोगका लागि मात्र नभएर आजको युगमा अन्तरिक्षमा समेत द्वन्द्वको प्रवृत्ति बढ्दो छ । यी द्वन्द्वहरूबाट निर्दोष जनता नै मारमा पर्छन् । सत्तामा बस्नेहरूको लागि आम जिन्दगीको वास्ता कुन तहसम्मको हुनसक्ने रहेछ र कसरी शासकहरूले आफ्नो राग-द्वेष साट्न अगाडि बढ्न सक्दा रहेछन् भन्ने ज्वलन्त उदाहरणमध्येको एउटा प्रतिनिधि विभत्स घटना हिरोसिमा र नागासाकीमा मच्चाइएको ताण्डव हो भन्न सकिन्छ । विज्ञान र प्रविधिको क्षेत्रमा बीसौं शताब्दीमा चमत्कारपूर्ण आविष्कार र नवप्रवर्तनहरू भएका हुन्, तर भयावह हुनेगरी विज्ञान र प्रविधिको चरम दुरूपयोग गरिएको उदाहरण हो- जापानमा घटाइएको परमाणु बमकोे विस्फोटन । यसको कहरले त्यहाँ प्रत्यक्ष उत्पत्र गरेको अकल्पनीय भोगाइसम्म पुग्दा त्यस पृष्ठभूमिमा एकफेर घोत्लिनु आवश्यक देखिन्छ ।

ज्ञान-विज्ञानका रचनात्मक उत्पादनलाई विध्वंसको औजार बनाइएका घटना इतिहासमा अनेकौं छन् । तिनीहरूमा सबैभन्दा खतरनाक र दीर्घकालीन प्रभाव पार्ने घटना जापानका दुई शहरमाथि गराइएको परमाणु बमको प्रहार नै हो । मानव सभ्यतालाई नै चुनौती दिनेगरी मानवले मानवतामाथि क्रूरतम हमला गरेको घटनाका रूपमा यसलाई बुझ्न सकिन्छ ।

दोस्रो विश्वयुद्धको सुरूवाती वर्षमा संयुक्त राज्य अमेरिका आन्तरिक सशक्तीकरणमा लागेको हुनाले युद्धमा प्रत्यक्ष सामेल भएको थिएन । दोस्रो विश्व युद्ध अगाडि बढ्दै जाँदा युरोपमा हिटलर नेतृत्वको नाजी जर्मनी केन्द्रविन्दुमा रहन पुग्दा जर्मनीद्वारा अस्ट्रिया, तत्कालीन चेकोस्लोभाकिया, बेल्जियम, डेनमार्क र नर्वे आदि देशहरूमा कब्जा तथा आक्रमणका प्रयास भए । त्यसैगरी एसिया महादेशमा ‘एसिया एसियालीहरूको’ भन्ने भावना जागृत भइरहेको थियो । त्यस समयमा जापान एसियाको महाशक्ति राष्ट्रको रूपमा थियो । आफ्नो साम्राज्य र सैन्य शक्ति बढाउँदै लगेको प्रतीत भइरहेको अवस्थामा दोस्रो विश्वयुद्धमा प्रत्यक्ष संलग्न नदेखिएको अमेरिकाको हवाइ राज्यको पर्लहार्बरमा एक्कासि र कल्पनै नगरिएको जापानी आक्रमणपछि दोस्रो विश्वयुद्धमा नयाँ र खतरनाक मोड आएको हो । अमेरिकाको शक्तिशाली जल तथा वायुसेनालाई ध्वस्त पारेर एसिया प्रशान्त क्षेत्रमा आफ्नो प्रभुत्व विस्तार गर्ने हेतुले जापानले सन् १९४१ डिसेम्बर ७ आइतबारका दिन अमेरिकाको हवाइ राज्यको पर्लहार्बरमा सेनाको अखडामा अप्रत्याशित र निर्मम आक्रमण गरेको थियो । पर्लहार्बर हवाइ राज्यको होनुलुलु शहरको नजिकैको ठाउँ हो । यहाँ अमेरिकी सेनाका ठूल्ठूला जङ्गी युद्धपोतहरू राखिएका थिए । लाखौं ग्यालन तेल भरिएका जङ्गी जहाजहरू पनि राखिएका थिए । त्यहाँको आक्रमणमा ती तेलवाहक जङ्गी जहाज डुबाइएका थिए, जसबाट आजसम्म पनि तेल रसाइरहेको पनि देख्न सकिन्छ ।

पर्लहार्बर आक्रमणको समयमा शनिबारको साँझ नै उल्लेख्य सङ्ख्यामा सैनिकहरू होनुलुलु शहरका रात्रिकालीन मनोरञ्जन केन्द्रमा गएको मौका पारी अपेक्षाकृत कम सैनिक रहेको र कल्पनै नगरिएको अवस्था परेको हुँदा पर्लहार्बरमा ठूलो सङ्ख्यामा पानीजहाज, हवाईजहाज र युद्धपोतहरूको क्षति गराइएको थियो । उक्त आक्रमणबाट लगभग दुई हजार ४०० को मृत्यु र एक हजार जना घाइते भएका थिए । त्यसको लगत्तै एक दिनपछि डिसेम्बर ८ का दिन संयुक्त राज्य अमेरिकाका तत्कालीन राष्ट्रपति फ्रेङ्कलिन रूजवेल्टले पनि जापानका विरूद्ध युद्धको घोषणा गरे । विश्लेषक र इतिहासकारहरूले पर्लहार्बर घटना नै परमाणु बमको ध्वंसात्मक प्रयोगको कारक र सुरुवात रहेको बताएका छन् । पर्लहार्बर आक्रमणपछि राष्ट्रपति रूजबेल्टको निर्देशनमा अमेरिकाले बम बनाउने कामका लागि अति गोप्य रूपमा म्यानहाटन परियोजना सुरु गर्‍यो । वास्तवमा म्यानहटन परियोजना भनेको दोस्रो विश्वयुद्धमा प्रयोग गर्न चाहिने परमाणु बमको विकास र निर्माणको साङ्केतिक नाम थियो । म्यानहटन परियोजनाका लागि अमेरिकी राष्ट्रपति फ्रेङ्कलिन रूजवेल्टले सन् १९४२ डिसेम्बर २८ मा स्वीकृति दिएका थिए । त्यस महात्वाकाङ्क्षी परियोजनाका लागि तमाम वैज्ञानिकहरू र सैन्य अधिकृतहरूलाई परमाणु बम बनाउने काममा खटाइएको थियो । यो यति गोप्य परियोजना थियो कि राष्ट्रपति रूजवेल्टले आफ्ना उपराष्ट्रपति ह्यारी ट्रुम्यानसम्मलाई पनि थाहा दिएका थिएनन् ।

यस क्रममा युरेनियम- २३५ र प्लुटोनियम- २३९ प्रयोग गरिएका बमहरू बनाउन सफलता प्राप्त गरिसकेपछि तिनको सफल परीक्षण पनि न्यूमेक्सिको राज्यको दूरदराजको मरूभूमि जस्तो विरानो ठाउँमा गरिएको थियो । युरोपतिर सन् १९४५ को अप्रिल महिनातिरै युद्घ मत्थर भइसकेको थियो । एसिया प्रशान्त क्षेत्रमा जापान र अमेरिकाबीचमा युद्ध चर्किरहेको थियो । सन् १९४५ अप्रिल १२ मा अमेरिकी राष्ट्रपति रूजवेल्टको निधनपछि राष्ट्रपति बनेका ट्रुम्यानले जापानलाई आत्मसमर्पण वा कुनै ठूलो क्षति व्यहोर्न धम्कीपूर्ण घोषणा गरेका थिए, जसलाई पोस्टड्याम घोषणाको नामले जानिन्छ । त्यस बेलाका ठूला विश्व शक्ति राष्ट्रहरू नाजी जर्मनीलाई युद्धमा हराएपछि जर्मनीको एउटा ठूलो शहर पोस्टड्याममा सन् १९४५ जुलाइ १७ देखि अगस्त २ सम्म विश्व युद्धपछिको शक्ति सन्तुलनका बारेमा छलफल गर्न भेला भएका थिए, जसलाई पोस्टड्याम सम्मेलन भनेर जानिन्छ । यो वास्तवमा कुनै तरिकाले जापानलाई आत्मसमर्पण गराउने र भविष्यको शक्ति सन्तुलनको बारेमा शक्ति राष्ट्रहरूबीच विचार विमर्श गर्न बोलाइएको सम्मेलन थियो । सन् १९४५ जुलाई २६ का दिन यो घोषणामा जापानलाई विनासर्त आत्मसर्मपण गर्न चेतावनी दिइएको थियो । यो घोषणामा संयुक्त राज्य अमेरिका, बेलायत र चीनले सर्मथन जनाएका थिए ।

एसिया प्रशान्त क्षेत्रमा जापान र अमेरिकाबीचमा युद्ध चर्किरहेको थियो । सन् १९४५ अप्रिल १२ मा अमेरिकी राष्ट्रपति रूजवेल्टको निधनपछि राष्ट्रपति बनेका ट्रुम्यानले जापानलाई आत्मसमर्पण वा कुनै ठूलो क्षति व्यहोर्न धम्कीपूर्ण घोषणा गरेका थिए, जसलाई पोस्टड्याम घोषणाको नामले जानिन्छ ।

पोस्टड्याम घोषणाको दुई दिन पहिला जुलाई २४ का दिन अमेरिकी राष्ट्रपति ट्रुम्यानले सोभियत नेता जोसेफ स्टालिनको छेउमा गएर अमेरिकाले निकै शक्तिशाली ध्वंसात्मक हतियारको निर्माण गरेको र त्यो कुनै पनि बमभन्दा बढी शक्तिशाली छ भनेका थिए । जापानले यदि आत्मसमर्पण गरेन भने यो नयाँ बनाइएको प्रलय ल्याउन सक्ने हतिहार जापानमाथि प्रयोग गरिने छ भनेर भनेको कुरा विश्व युद्धको इतिहासमा उल्लेख गरिएको पाइन्छ । यसको अर्थ अमेरिकाले बनाएको खतरनाक भनिएको परमाणु बमको प्रयोग एकैचोटि संसारले थाहा पाएको होइन रहेछ भन्ने बुझिन्छ । यसको सङ्केत तत्कालीन सोभियत सङ्घले पाइसकेको रहेछ । पोस्टड्याम सम्मेलनबाट देशहरूबीच आपसी र बहुपक्षीय शङ्काहरूको बिजारोपण भएको बुझ्न सकिन्छ । अमेरिकी राष्ट्रपति ट्रुम्यानले सोभियत सङ्घप्रति कडा नीति अवलम्बन गर्नुपर्ने सोच राखेको र अर्कोतिर सोभियत नेता जोसेफ स्टालिनलाई अमेरिका र बेलायत मिलेर आफू र आफ्नो देशविरूद्ध षड्यन्त्रका तानाबुना बुन्न लागेको हो कि भन्न शङ्का उत्पत्र भएको थियो ।

युद्धविराम नभएपछि विश्व इतिहासमा भयानक कालो दिन र समय पनि आयो, त्यो हो सन् १९४५ अगस्त ६ जापानी समयअनुसार बिहान ८ बजे । हिरोसिमा शहरमा सूर्य उदाएर झलमल्ल हुँदै थियो, त्यति नै बेला अमेरिकी बमवर्षक विमानबाट बम खसालियो र पूरै शहर आगोका लपेटामा आएसरी ताप र विकीरणमा जकडियो । जसमा लगभग ९० प्रतिशत हिरोसिमा शहर पुछियो र तत्कालै करिब असी हजारभन्दा बढी मानिसले ज्यान गुमाए । जापानलगायत विश्वभरि कोलाहल मच्चियो । स्वयम् जापानीहरू अप्रत्याशित र कल्पना बाहिरको घटना मानिरहेका थिए । यसैबीचमा तीन दिनपछि अगस्त ९ का दिन नागासाकीमा अर्को बम खसालियो । बम दुई पहाडको बीचमा खस्न पुगेकाले तुलनात्मक रूपमा कम क्षति भएको थियो । नागासाकीको त्यो विपत्मा ४० हजार जनसङ्ख्याको तत्कालै मृत्यु भएको थियो । मानव इतिहासकै सबैभन्दा भयङ्कर, नयाँ तथा क्रूर घटनाले जापानी सम्राट हिरोहितोले अगस्त १५ का दिन रेडियो सन्देशबाट आत्मसमर्पण गरेको घोषणा गर्नुपर्‍यो । पछिल्ला प्रभावहरू तापको राप र रेडियो विकीरणको कारणले गर्दा हिरोसिमामा १ लाख ५० हजार र नागासाकीमा ७५ हजार जनाको मृत्यु भएको थियो ।

रूस र युक्रेन युद्धको भयानक त्रासदी व्यहोरिरहेको विश्वमा अहिले पनि यस्तै खालका ध्वंस गर्ने हिसाबले अझ विकास गरिएका पारमाणविक हातहतियारहरूको डरलाग्दो होडबाजी चलिरहेको छ । रूस र युक्रेन दुवै परमाणु हतियार भएका मुलुक भएको हुनाले परमाणु हतियारको प्रयोग होला कि भन्ने त्रास कायमै छ । संयुक्त राष्ट्रसङ्घमार्फत यस्ता क्रियाकलाप तथा होडबाजीलाई निस्तेज पार्न पहल गर्न प्रयास गरिए तापनि वास्तविक धरातलमा त्यो सफल हुन सकिराखेको छैन । एकातिर भोक र गरिबीबाट मुक्त हुन एउटा ठूलो हिस्सा सङ्घर्ष गरिरहेको छ, अर्कोतिर हतियारको होडबाजीमा ठूलो धनराशि खर्च भइराखेको छ । परमाणु हतियार शक्ति सम्पन्न राष्ट्रहरूले नै भण्डारण गरेको हुनाले र यस्तै हतियारहरूको विकास र तिनका परीक्षणहरूले पनि मानव सभ्यतामाथि विभिन्न कोणबाट चुनौती थपिँदै गएको छ । संयुक्त राष्ट्रसंघ शक्ति राष्ट्रहरूका सन्दर्भमा कठोर बत्र सकेको देखिँदैन । जापानमा शारीरिक विकृति, रक्त क्यान्सरलगायत तमाम आनुवंशिक रोग र उत्परिवर्तनका घटना देखिएका छन्, जो अब क्रमशः कम हुँदै गएको वैज्ञानिकहरूको ठहर छ ।

पोस्टड्याम घोषणाको दुई दिन पहिला जुलाई २४ का दिन अमेरिकी राष्ट्रपति ट्रुम्यानले सोभियत नेता जोसेफ स्टालिनको छेउमा गएर अमेरिकाले निकै शक्तिशाली ध्वंसात्मक हतियारको निर्माण गरेको र त्यो कुनै पनि बमभन्दा बढी शक्तिशाली छ भनेका थिए । जापानले यदि आत्मसमर्पण गरेन भने यो नयाँ बनाइएको प्रलय ल्याउन सक्ने हतिहार जापानमाथि प्रयोग गरिने छ भनेर भनेको कुरा विश्व युद्धको इतिहासमा उल्लेख गरिएको पाइन्छ ।

आणविक शक्ति सञ्चयका कारणले नागरिकको ख्याल नगरी सनकको भरमा निर्णय गर्दा कसरी ठूलो क्षति पुग्न जाँदोरहेछ भन्ने उदाहरण पर्लहार्बर, हिरोसिमा र नागासाकी जस्ता प्रतिनिधि घटनाले स्पष्ट पार्छन् । हिरोसिमा र नागासाकीको त्यो प्रलयकारी घटना र त्यसबाट मानव जातिले चुकाउनु परेको पीडा कति गहिरो बनेर मानव मनमस्तिष्कमा रहेको छ भन्ने कुराको अनुमानमात्र पनि लगाउन गाह्रो हुन्छ । सैन्य शक्तिको बलमा प्राकृतिक स्रोतसाधनमा कब्जासँगै आफ्नो प्रभुत्व जमाउन खोज्ने शक्तिको ठूलो हार भयो र आत्मसमर्पण गर्नुपर्‍यो । जापानी सम्राट हिरोहितो त्यस विभत्स घटनापछिका दिनहरूमा जीवनभर दुःखी रहनुपर्‍यो र विश्व युद्धताकाका जापानी प्रधानमन्त्री तोजो हिडेकीलाई आत्महत्याको प्रयास गर्नुपर्ने तहसम्म पुर्‍यायो र जापानको हारको कारक ठान्दै पछि उनलाई मृत्युदण्डको सजाय दिइएको थियो ।

प्रत्येक घटना साना वा ठूला किन नहून्, तिनको अन्तर्यमा धेरै कुरा लुकेका हुन्छन् । दोस्रो विश्व युद्घ चलिरहँदा चीनमा माअ‍ो त्सेतुङको नेतृत्वमा सामाजिक तथा राजनीतिक रूपान्तरणको क्रान्ति चलिरहेको थियो, जो अहिले एसियाली राष्ट्रहरूमध्ये महाशक्तिको रूपमा उदीयमान छ । जापानमा घटेको त्यो विभत्स घटनाले जापानसँगै युरोपको पनि हार भयो । बीसौं शताब्दीको मध्यतिर अब्बल रहेको युरोपको विज्ञान तथा प्रविधि अमेरिकातिर सर्न पुग्यो र आर्थिक रूपमा पनि अमेरिका एक महाशक्ति राष्ट्र बत्र पुग्यो । साथै विश्वमा रहेका विभित्र क्षेत्रका बौद्घिक केन्द्र (थिङ्क ट्याङ्क) पनि अमेरिका सरेको मात्र सकिन्छ । दोस्रो विश्व युद्धपछि मध्यम विश्व शक्ति ठानिएको अमेरिका विश्वको नेतृत्व गर्ने शक्तिशाली देशको रूपमा उभिन पुग्यो । तीव्र रूपमा शक्ति र प्रभावमा भएको बढोत्तरीका कारण अमेरिकाका थप जिम्मेवारी विश्वमाझ बढेर गए, जसलाई अमेरिकी युग भनेर पनि बुझ्न थालियो । खासमा भन्ने हो भने बेलायतको विश्वमा रहेको हैकम विस्तारै कम हुँदै गयो । बेलायतले उपनिवेश बनाएका देशहरूमा स्वतन्त्रताको आन्दोलन चर्कंदै गयो । यसकारणबाट पनि बेलायतलाई उछिनेर अमेरिका अगाडि लाग्यो ।

वर्तमान विश्वमा ऊर्जाको बढ्दो माग पूरा गर्न परमाणु शक्तिको शान्तिपूर्ण उपयोग अपरिहार्य बन्दै गएको छ । नेपालका छिमेकी भारत, चीन र पाकिस्तान पनि परमाणु शक्ति सम्पत्र राष्ट्रहरू भएका हुनाले त्रिकोणात्मक द्वन्द्वमा जानीनजानी हुनसक्ने सम्भावित दुर्घटनाद्वारा बाँच्न नेपालले अँगाल्नुपर्ने नीति तथा कार्यक्रमका बारेमा पनि सचेतता अपनाउनु आवश्यक छ ।

सन् १९४५ अक्टोबरमा संयुक्त राष्ट्रसंघको गठनमा पनि संयुक्त राज्य अमेरिकाको नेतृत्वदायी भूमिका रह्यो । द्वितीय विश्व युद्धपछि विश्व खासगरी दुई ध्रुवीय बन्नेतिर गयो । पुँजीवादी खेमाको नेतृत्व संयुक्त राज्य अमेरिकाले र समाजवादी खेमाको तेतृत्व तत्कालीन सोभियत सङ्घले गर्दा लामो समयसम्म शीतयुद्धको चपेटामा विश्व परे तापनि हिरोसिमा र नागासाकी जस्ता अप्रिय घटना हुन पाएनन् । सतहमा हेर्दा पर्लहार्बरको घटना हिरोसिमा-नागासाकी त्रासदीको कारक भएको भए तापनि तत्कालीन सोभियत सङ्घ, जापान तथा युरोपका देशहरूले गरेका विकास र प्रगतिको हानथापमा उपयुक्त समयको पर्खाइमा रहेको अमेरिकालाई विज्ञान प्रविधिसँगै आर्थिक दृष्टिले विश्व महाशक्तिको रूपमा स्थापित हुन सहयोग पुगेको मात्र सकिन्छ ।

परमाणु बम विस्फोटको घटना व्यहोरिसकेको विश्वले अर्को त्यस्तो घटना व्यहोर्न नपरोस् भन्ने कुरामा संयुक्त राष्ट्रसङ्घलगायत सम्बन्धित सबै पक्ष थप जिम्मेवार बत्र आवश्यक देखिन्छ । वर्तमान विश्वमा ऊर्जाको बढ्दो माग पूरा गर्न परमाणु शक्तिको शान्तिपूर्ण उपयोग अपरिहार्य बन्दै गएको छ । नेपालका छिमेकी भारत, चीन र पाकिस्तान पनि परमाणु शक्ति सम्पत्र राष्ट्रहरू भएका हुनाले त्रिकोणात्मक द्वन्द्वमा जानीनजानी हुनसक्ने सम्भावित दुर्घटनाद्वारा बाँच्न नेपालले अँगाल्नुपर्ने नीति तथा कार्यक्रमका बारेमा पनि सचेतता अपनाउनु आवश्यक छ । हाल युक्रेन र रुसविरुद्धको द्वन्द्वले गर्दा विश्वले भयावह खालको आर्थिक मन्दी खेपिरहेको छ ।

यसैबीचमा कहीँकतै परमाणु हतियारको प्रयोग हुने पो हो कि भनेर सन्त्रास उत्पन्न भएको छ । केही राष्ट्र यस युद्धले आफ्नो स्वार्थलाई सर्वोपरि राख्दै परमाणु बमको प्रयोग गर्न भड्काउँदै गएको पनि प्रतीत हुन्छ । यस विषयमा संयुक्त राष्ट्रसङ्घसहित देशहरू र जनता पनि सचेत हुन आवश्यक छ । मानव सभ्यतामा घट्न पुगेको परमाणु बम प्रयोगको त्यो महाप्रलयकारी घटना अन्तिम हुनुपर्छ भन्ने कामना गरौं । हिरोसिमा र नागासाकी घटनाको स्मृति वार्षिकीको यस घडीमा सम्पूर्ण दिवङ्गत जनमा भावपूर्ण शब्द श्रद्धाञ्जली !

(डा. शर्मा भुसाल त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र केन्द्रीय विभागका प्राध्यापक हुन् ।)


प्रतिक्रिया

One thought on “हिरोसिमा र नागासाकी प्रलयकारी घटनाको सन्त्रास

Leave a Reply

Your email address will not be published. Required fields are marked *