हत्या अभियोगमा जन्मकैद सजाय पाएका पूर्वशिक्षक १६ वर्षपछि पक्राउ
नेपाल प्रेस
२०८१ साउन २४ गते १३:५२
जनकपुरधाम । हत्या अभियोगमा धनुषा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका एक अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सबैला नगरपालिका १३ का ५६ वर्षीय पवन महतो छन् । ०६५ सालमा महतोले छिमेकी नागेन्द्र यादवलाई गोली हानेर हत्या गरेका थिए ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार कर्तव्य ज्यान मुद्दामा अदालतले महतोलाई जन्मकैदको सजाय सुनाएको छ । अदालतले सजाए तोकेपछि महतो लुकिछिपी बस्दै आएका थिए ।
फरार अभियुक्तको खोजी अभियान अन्तर्गत महतोलाई आज सबैला बजारबाट पक्राउ गरिएको डिएसपी अवाले बताए । महतो पूर्व शिक्षक रहेको उनको भनाई छ ।
प्रतिक्रिया