गुरही पर्वको अवरमा कैलालीमा ९ स्थानीय तहले दिए सार्वजनिक बिदा – Nepal Press

गुरही पर्वको अवरमा कैलालीमा ९ स्थानीय तहले दिए सार्वजनिक बिदा

कैलाली । थारु समुदायले मनाउने गुरही (गुरिया) पर्व परेकाले अवसरमा कैलालीमा विभिन्न स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका, भजनी, टीकापुर, गोदावरी, गौरीगङ्गा, घोडाघोडी नगरपालिका, जानकी, कैलारी र बर्दगोरिया गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका हुन्।

सम्बन्धित स्थानीयतहरुले विज्ञप्ति जारी गर्दै पालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरू, शैक्षिक संस्था एवम् सङ्घ संस्थाहरूमा आज बिदा हुने जनाएका छन् ।

नाग पञ्चमीका दिन थारु समुदायले गुरही पर्व मनाउँदै आइरहेका छन् ।

विशेषगरी पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, सुर्खेत जिल्लाका बस्ती बस्तीका साथै पछिल्लो समय काठमाडौँमा समेत भव्यताका साथ पर्व मनाउन थालिएको छ ।

गाउँघरबाट रोगव्याधी हट्ने र शान्ति तथा सद्भाव बढ्ने मान्यताका साथ परम्परागत संस्कार, चालचलनअनुसार नागपञ्चमीकै दिन साँझपख भव्यताका साथ पर्व मनाउने प्रचलन थारु समुदायमा रहँदै आएको छ ।

पर्वमा भाइ बहिनीको उपस्थिति विना अपूरो हुने हुँदा यस पर्वले दाजुभाइबिचको माया प्रेम थप प्रगाढ बनाउँदै आएको थारु बुद्धिजीवीहरूको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर