बंगलादेश घटनापछि शेखरको विश्वास- जतिसक्दो छिटो लोकतान्त्रिक विधि सुरू हुनेछ
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बंगलादेशबाट नेपाल फर्कन चाहनेहरूलाई सुरक्षित ल्याउन सरकारसँग माग गरेका छन्।
बंगलादेशमा रहेका नेपालीहरूको सुरक्षा प्रबन्ध मिलाउन र नेपाल फर्कन चाहनेहरूलाई सुरक्षित नेपाल ल्याउन सरकारसँग आग्रह गरेका हुन्।
उनले भनेका छन्, ‘जतिसक्दो छिटो लोकतान्त्रिक विधि शुरु हुने विश्वास लिएको छु, त्यहाँ राजनीतिक र धार्मिक आस्थाका कारण कसैप्रति भेदभाव र अमानवीय व्यवहार नगर्न सबैमा आग्रह समेत गर्न चाहन्छु।’
बंगलादेशमा सरकारी जागिरमा कोटा प्रणाली खारेज गर्नुपर्ने माग राख्दै सुरू भएको विद्यार्थी आन्दोलनले उग्र रूप लिँदा प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर देश छाड्न बाध्य भएकी छन्। भने त्यहाँको अवस्था अझै साम्य भएको छैन।