छिट्टै १० प्रतिशत आईपीओ जारी गर्ने कुलमानको घोषणा – Nepal Press

छिट्टै १० प्रतिशत आईपीओ जारी गर्ने कुलमानको घोषणा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चाँडै नै आईपीओ जारी गर्ने घोषणा गरेका छन् ।

आफ्नो दोस्रो कार्यकालको ३ वर्ष पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मलेनमा घिसिङले प्राधिकरणको कुल पुँजीको १० प्रतिशत आईपीओ जारी गर्ने बताए ।

आईपीओबाट संकलन भएको रकम ठूला जलविद्युतमा लगानी गरिने उनले बताए ।

प्राधिकरणले बर्सेनि १३ अर्ब रुपैयाँ को विद्युत चुहावट नियन्त्रण गर्दै आएको उनले जानकारी दिए । अहिले विद्यतु चुहावट १२.७३ प्रतिशतमा झारिएको छ ।

विदुत प्राधिकरणले प्रशारणलाइनमा मात्र लगानी नबढाइ जलविदुत आयोजनामा पनि लगानी बढाएको घिसिङको भनाइ छ । आन्तरिक उत्पादन वृद्धि र अन्य आम्दानी गरी खुद मुनाफा बढेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *