सुनको मूल्यमा यो साता पनि नयाँ रेकर्ड
काठमाडौं । यो साता सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मध्यपूर्वमा बढ्दो तनावका बीच साताको सुरुको दिन बढेको मूल्य साताको बीचका केही दिन घटेर पछिल्ला दिनमा फेरी बढ्यो ।
अमेरिकी श्रम बजारमा देखिएको सुधार, अमेरिकी डलरको मजबुती जस्ता कारणले सुनको मूल्य कम गर्न सहयोग पुगेको विश्लेषकहरुले बताएका छन् ।
नेपाली बजारमा पनि यो साता सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्यो । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख २८ हजार ३४५ रुपैयाँ रहेको सुनको मूल्य साताको दोस्रो दिन सोमबार हालसम्मकै उच्च अर्थात प्रति १० ग्राम १ लाख २८ हजार ६ सय रुपैयाँ पुग्यो ।
त्यस पछिका दिन ओरालो लागेको मूल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार फेरी बढेर प्रति १० ग्राम १ लाख २६ हजार ९ सय ७० रुपैयाँ कायम भयो । यो मूल्य साताको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ३ सय ७५ रुपैयाँ बढी हो ।
यो साता नेपाली बजारमा चाँदीको मूल्य घटेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ५ सय ३० रुपैयाँ रहेको मूल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ४ सय ८३ रुपैयाँ कायम भयो ।