यी हुन् माओवादी स्थायी कमिटी बैठकका लागि तय भएका चार एजेण्डा – Nepal Press

यी हुन् माओवादी स्थायी कमिटी बैठकका लागि तय भएका चार एजेण्डा

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा चार एजेण्डामा छलफल सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आजबाट सुरु भएको बैठकमा चार एजेण्डा प्रस्तुत भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक विकसित घटनाक्रमबारे ब्रिफिङ, वैचारिक, राजनीतिक, सांगठनिक परिस्थिति र कार्यभार तथा विविध एजेण्डा तय भएको बताए ।

स्थायी समिति बैठकअघि बसेको पदाधिकारी बैठकले एजेण्डा तय गरेको थियो । प्रस्तुत भएको एजेण्डामा भोलिबाट छलफल सुरु हुने प्रवक्ता सापकोटाले बताए ।

करिब ९ वर्षपछि प्रतिपक्ष भूमिकामा पुगेका माओवादीले समीक्षा गर्दै आगामी कार्ययोजनाका बारेमा निर्णय लिनेछ । जनपरिचालन, सङ्गठन निर्माण र विस्तारका बारेमा पनि छलफल हुने बताइएको छ ।

यसअघि अध्यक्ष प्रचण्डले सबै पदाधिकारी सदस्यको कुरा सुन्न पाँच दिनसम्म बैठक राखेका थिए । स्थायी कमिटी बैठकलगत्तै केन्द्रीय कमिटीको बैठक राखेर जनतामा फर्किने माओवादीको योजना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर