आफूहरुलाई सरकारमा नसमेटिएपछि आन्दोलनमा सहभागी बंगलादेशी कलाकारले गरे विरोध – Nepal Press

आफूहरुलाई सरकारमा नसमेटिएपछि आन्दोलनमा सहभागी बंगलादेशी कलाकारले गरे विरोध

काठमाडौं । बंगलादेशमा भएको शेख हसिना सरकारविरोधी आन्दोलनमा कलाकारहरु पनि सहभागी भएका थिए । उनीहरुले ज्यानको जोखिम लिएर आन्दाेलनमा सहभागी भएका थिए, तर ती कुनै पनि कलाकार अहिले बनेको अन्तरिम सरकारमा सहभागी छैनन् । यसमा बंगलादेशमा आलोचना भएको छ ।

बंगलादेशी अखबार डेली स्टारका अनुसार यस्तो आलोचना गर्नेमा अग्र भागमा छिन् कलाकार जाकिरा बारी मामो । आन्दोलनमा सक्रिय सहभागी भएकी मामोले कलाकारलाई सरकारमा नराख्नु धेरै लाजमर्दो भएको प्रतिक्रिया दिएकी छन् ।

बैंक, विश्वविद्यालय, अभियानकर्मीलगायत विभिन्न अनुहार सरकारमा सहभागी हुँदा कलाकारहरुलाई नसमेटिएकोपछि आलोचना भएको हो ।

अहिले बंगलादेशको अन्तरिम सरकारका प्रमुख सन २००९ का नोबेल पुरस्कार विजेता प्राध्यापक तथा अर्थशास्त्री मुहम्मद युनुस छन् । बिहीबार शपथ लिएका युनुसको चार महिना जेल सजाय भएको श्रम मुद्दा बुधबारै उल्टिएको थियो । उनी मुद्दा परेपछि युरोप भासिएका थिए । सरकार प्रमुख बनाइपछि मात्रै उनी बंगलादेश फर्किएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर