बंगलादेशी विद्यार्थी आन्दोलनका दुई नेता सरकारमा: कुन कुन मन्त्रालय पाए ? – Nepal Press

बंगलादेशी विद्यार्थी आन्दोलनका दुई नेता सरकारमा: कुन कुन मन्त्रालय पाए ?

काठमाडौं । सन् २००६ को नोवेल पुरस्कार विजेता मुहम्मद युनुस नेतृत्वको १७ सदस्यीय अन्तरिम सरकारमा दुई जना विद्यार्थी नेता परेका छन् । दुवै विद्यार्थी नेता बंगलादेशको ढाका विश्वविद्यालयका हुन् । २५ वर्षीय आसिफ महोमद सजिब भुइयान र २६ वर्षीय नाहिद इस्लाम युनुस सरकारमा अटेका छन् ।

बिहीबार शपथ लिएका दुई विद्यार्थी नेताले शुक्रबार मन्त्रालयको जिम्मेवारी पाएका छन् । आसिफले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउँदा नाहिदले हुलाक दूरसञ्चार तथा सूचना प्रविधि मन्त्रालय पाएको बंगलादेशी मिडियाहरुले लेखेका छन् ।

भारतीय अखबार दि हिन्दूका अनुसार आसिफ ढाका विश्वविद्यालयका भाषाविज्ञान संकायका स्नातकोत्तर तहका विद्यार्थी र नाहिद समाजशास्त्रका विद्यार्थी हुन् । आसिफ सन् २०१७ र २०१८ को व्याचका विद्यार्थी तथा ढाका विश्वविद्यालयका छात्र अधिकार परिषद्का विद्यार्थी नेता हुन् ।

नाहिद सन् २०१६ र २०१७ को व्याचका विद्यार्थी भएको भारतीय समाचार पोर्टल दि वायरले उल्लेख गरेको छ । आसिफ र नाहिद दुवै बंगलादेशको जुलाई १५ बाट चर्किएको कोटाविरोधी आन्दोलनका अग्र पंक्तिका विद्यार्थी नेता हुन् । आसिफ पूर्वी बंगलादेशको कुमिला महानगरका हुन् । नाहिद चैँ ढाकाकै रैथाने हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर