माओवादीको निष्कर्ष- कुलमानमाथि सरकारले अस्वाभाविक ढंगले लाञ्छना लगाउने प्रयास गर्यो (भिडिओ)
नेपाल प्रेस
२०८१ साउन २५ गते १८:१२
काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि सरकार अस्वाभाविक ढंगले प्रस्तुत भएको निष्कर्ष निकालेको छ ।
पार्टीको आज सुरु स्थायी कमिटी बैठकले घिसिङमाथि सरकारले गरेको व्यवहारप्रति आपत्ति जनाएको हो ।
बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमाथि अस्वाभाविक ढंगले लाञ्छना लगाउने काम सरकारबाट भएको छ । ती कुराप्रति गम्भीर ध्यानाकर्षण भएको छ, त्यसप्रति हामी खबरदारी गर्छौं ।’
ड्रेडिकेटेड तथा ट्रंकलाइनको महसुलको विषयमा पछिल्लो समय सरकार र प्राधिकरणबीच टसल पर्दै आएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर