पहिलो पटक दलित समुदायबाट मुख्य न्यायाधीश, रत्नबहादुर बागचन्द भए सिफारिस
२१ जिल्लाका न्यायाधीश सरुवा (सूचीसहित)
काठमाडौं । न्याय सेवाको इतिहासमा पहिलो पटक दलित समुदायबाट मुख्य न्यायाधीश नियुक्त भएका छन् । न्याय परिषद्को शुक्रबारको बैठकले रत्नबहादुर बागचन्दलाई मुख्य न्यायाधीश सिफारिश गरेको हो ।
उच्च अदालत जनकपुरअन्तर्गत अस्थायी इजलास वीरगञ्जमा कार्यरत बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीश सिफारिस गरेको न्याय परिषद् सचिवालयले जनाएको हो ।
उच्च अदालतमा दलित समुदायबाट ३ जना न्यायाधीश कार्यरत छन । जसमा बागचन्द मुख्य न्यायाधीश नियुक्त भैसकेका छन भने देशबहादुर सार्की उच्च अदालत बिराटनगर अन्तरगत धनकुटा इजलाशमा कार्यरत छन । अर्का न्यायाधीश दुर्गाबहादुर विश्वकर्मा उच्च अदालत जनकपुर अन्तरगत अस्थाइ इजलास विरगन्जमा नै कार्यरत छन।
बैठकले उच्च अदालतका एक जना र जिल्ला अदालतका २१ जना न्यायाधीश सरुवा पनि गरेको छ ।
बैठकले ३५ जना न्याय, कानून तथा सरकारी वकिल सेवामा कार्यरत उपसचिवसरहका कर्मचारीलाई जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । जसमा न्याय सेवाबाट २५, सरकारी वकिलबाट ६ र कानून सेवाबाट ४ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको हो ।