मापसे गरेर उपसचिव आचार्यको धनगढी एयरपोर्टमा हर्कतः सिडिओलाई गाली गरे, प्रहरीलाई थर्काए – Nepal Press

मापसे गरेर उपसचिव आचार्यको धनगढी एयरपोर्टमा हर्कतः सिडिओलाई गाली गरे, प्रहरीलाई थर्काए

कैलाली । धनगढी विमानस्थलमा उपसचिव दीपक आचार्यले अस्वभनीय हर्कत देखाएका छन् ।

आफूलाई कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका उपसचिव भन्दै उनले कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई गाली गरे । उनले १०० मा फोन गरेर पनि प्रहरीलाई धर्काएका थिए ।

अत्यधिक मादक पदार्थ सेवन गरेपछि उनलाई विमानमा जान दिइएको थिएन । बुद्ध एयरलाइन्सको दिउँसो २ ः५५ को फ्लाइटमा काठमाडौँ जान धनगढी विमानस्थल कार्यालय पुगेका आचार्यलाई अत्यधिक मदिरा सेवन गरेको भन्दै एयरलाइन्सले बोर्डिङ पास नदिएर फर्काएको थियो ।

‘तपाई फ्रेस भएर आउनुहोस् अत्यधिक मदिरा सेवन गर्नुभएको छ अर्काे फ्लाइटमा जानुहोला’ कर्मचारीहरूले आचार्यलाई सम्झाएका थिए ।

उनले त्यसलगत्तै उनले प्रमुख जिल्ला अधिकारी मिश्रलाई फोन गर्दै थकाए । प्रहरीलाई पनि उनले गालीगलौज गरेका थिए । उपसचिवले फोनबाट गाली गरेपछि प्रमुख जिल्ला अधिकारी मिश्र विमानस्थलमा पुगेका थिए । तर, उनी धनगढी फर्किसकेका थिए ।

मुख्यमन्त्री कार्यालयको हुर्मत लिएर तथानाम आरोप लगाउँदै प्रजिअ मिश्रलाई धम्क्याएपछि उनले आचार्यलाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएका थिए । प्रहरीले मदिराको तालमा भेटाएपछि उनले आफूबाट गल्ती भएको भन्दै माफी मागेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक एसपी पदमबहादुर बिष्टले बताए ।

प्रमुख जिल्ला अधिकारीसँगै माफी मागेपछि आचार्यलाई सम्झाईबुझाई छाडिएको एसपी बिष्टले बताए ।

आचार्य यसअघि कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएका बेला समेत विवादमा आउने गरेका थिए त्यसअघि पनि गुराँस गाउँपालिकाको मोबाइल फिर्ता नगरेको भन्दै महालेखाको प्रतिवेदनमा नै उल्लेख गरिएको थियो ।

 


प्रतिक्रिया

2 thoughts on “मापसे गरेर उपसचिव आचार्यको धनगढी एयरपोर्टमा हर्कतः सिडिओलाई गाली गरे, प्रहरीलाई थर्काए

  1. विभेदको स्तर।
    अस्ती भर्खर यस्तै हर्कत गर्ने अझै पनि प्रहरी हिरासत धनगढीमा छ अभद्र व्यवहार मुद्दामा।
    अनि यि सरकारी कर्मचारीले माफी माग्दै उन्मुक्ति पाए।
    धन्य नेपाल, धन्य संविधानमा लेखिएको कानूनको शासन, धन्य शासक वर्ग, तिमीहरुको आत्माले चिर शान्ति पाओस्।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर