भारतको छिमेक कूटनीतिः विदेशमन्त्रीले माल्दिभ्स भ्रमण सकाएको दिन विदेश सचिव नेपाल आउँदै – Nepal Press

भारतको छिमेक कूटनीतिः विदेशमन्त्रीले माल्दिभ्स भ्रमण सकाएको दिन विदेश सचिव नेपाल आउँदै

काठमाडौं । भारतले आफ्ना छिमेकीसँगको भेटघाट बढाएको छ । शुक्रबार भारतीय विदेशमन्त्री एस.जयशंकर जल छिमेकी माल्दिभ्स पुगेका छन् भने भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आउँदैछन् ।

जयशंकरले शुक्रबार माले ओर्लिएर विदेशमन्त्री मोसा जमिरसँग भेट गरेका थिए । शनिबार राष्ट्रपति महोमद मैजुसँग भेट गरेका छन् । जयशंकरले केहि भारतीय लगानीका परियोजनाको उद्घाटन पनि गरेका छन् ।

तीन दिने भ्रमणमा माले पुगेका जयशंकर आइतबार भ्रमण सकाएर उड्नेछन् । जयशंकरले माले छोडेको दिन भारतीय विदेशसचिव मिश्री काठमाडौ अवतरण हुने भएका छन् ।

दुई दिने नेपाल भ्रमणमा आउन लागेका मिश्रीले समकक्षी सेवा लम्साल, परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवा, प्रधानमन्त्री केपी शर्मा ओली तथा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्ने कुरा सार्वजनिक भइसकेको छ ।

भारतीय उच्च अधिकारीको नयाँ सरकार बनेपछिको यहि प्रथम आगमन हुनेछ । माल्दिभ्समा जस्तै नेपालमा पनि भारतीय अधिकारीहरुले ‘छिमेक प्रथम’ भन्दै आफ्नो भेटघाट बढाउने देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर