केपी कमरेडलाई अफ्ठ्यारो पर्ला भनेर विगतका विमति उठाउन छाड्दैनौं: विश्वप्रकाश शर्मा (भिडिओ) – Nepal Press

केपी कमरेडलाई अफ्ठ्यारो पर्ला भनेर विगतका विमति उठाउन छाड्दैनौं: विश्वप्रकाश शर्मा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेसँग विगतमा भएको विमतिका बीचमा सहमति गरेर गठबन्धन बनाएकाले आफूहरु चुप नबस्ने बताएका छन्।

नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा बोल्दै कांग्रेस र एमालेबीचको विमतिहरुलाई जबरजस्ती छोप्न खोजे दुर्घटना हुने बताए।

उनले भने, ‘अहिले पनि कांग्रेस र एमालेबीच भएको विमतिहरुलाई हामीले तिलाञ्जली दियौं, जबरजस्ती छोप्न खोज्यौं भने दुर्घटना हुन्छ। एमालेसँगको विमतीलाई हामीले बुझ्नुपर्छ एमालेसँगको कतिपय दृष्टिकोणमा हामी सहमत छौं। हाम्रो पार्टी, विचार नै फरक हो फरक, विगमतका विमतिका बिषयमा बोल्दै गर्दा गठबन्धन भत्किन्छ। केपी कमरेडलाई अफ्ठ्यारो होला भनेर कांग्रेसले सोच्नुपर्ने, एमालेकाले बोल्दा शेरबहादुर देउवालाई पर्ला बनेर चुप लाग्नुपर्ने, हामीले चुप लाग्नको लागि बनाएको गठबन्धन होइन। यो गठबन्धन विमतिका बीचमा सहमति गरेर बनाएका छौं।’

उनले सरकारको काम र गतिविधिलाई कांग्रेसले गम्भिरताका साथ हेर्ने बताए। उनले यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसले चुनावी गठबन्धन नगर्ने निर्णय नगर्ने महासमितिले भनेपछि सहकार्य तोडेको सुनाए।

उनले अगाडि भने, ‘कांग्रेसको महासमिति बैठक सकिएको दुई साताभित्रै कांग्रेस र माओवादीको गठबन्धन टुट्यो। त्यसबेला तत्कालीन प्रधानमन्त्रीले भन्नुभयो कांग्रेसले आगामी निर्वाचनमा एक्लै लड्ने, गठबन्धनकसरी हुन्छ भन्नुभयो। त्यसबेलामा उहाँले विश्वासको मत माग्दा हामीले नदिँदै गर्दा हामीले भनेका थियौं तपाईंले गम्भिर गल्ती गर्नुभयो, कांग्रेसले पार्टीले आफ्नो दस्तावेजमा के लेख्ने भन्नेकुरा तपाईंलाई सोधेर लेख्दैन भनेर।’

उनले प्रदेशमा रमिता चलिरहेको उल्लेख गर्दै जनतामा निराशा बढिरहेको बेलामा मधेश प्रदेशमा भएको भद्रगोलको दोष मुख्यमन्त्रीलाई मात्रै दिएर नपुग्ने बताए।


प्रतिक्रिया

2 thoughts on “केपी कमरेडलाई अफ्ठ्यारो पर्ला भनेर विगतका विमति उठाउन छाड्दैनौं: विश्वप्रकाश शर्मा (भिडिओ)

  1. सौर्य एयरलाई नियमपालना गराउँदा रोक्ने र त्यसकै कारण दुर्घटना भएकाले रोक्न दबाब दिने झापाली काँग्रेस नेतालाई आजिवन काारावास होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर