पुनः सञ्चालनमा आयो त्रिदेशीय फूलबारी-बङ्गलाबन्घु नाका – Nepal Press

पुनः सञ्चालनमा आयो त्रिदेशीय फूलबारी-बङ्गलाबन्घु नाका

भद्रपुर । नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारिक नाका फूलबारी-बङ्गलाबन्घु नाका खुलेको छ । नाका खुला भएसँगै बङ्गलादेशसँगको आयात निर्यात सहज भएको छ ।

पूर्वी नाका काँकरभिट्टामा रोकिएका मोलासिसका कन्टेनर बङ्गलादेशतर्फ र बङ्गलादेशको नाकामा रोकिएका कन्टेनर नेपालतर्फ आएको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयले जानकारी दिए ।

उनले भने, ‘बङ्गलादेशमा अन्तरिम सरकार गठन भएसँगै यही साउन २३ गतेदेखि बङ्गलादेशसँगको आयात-निर्यातमा सहज हुन थालेको छ ।’

कार्यालयका अनुसार गत आव २०८०/८१ मा ४६ करोड ३१ लाख ८९ हजार रुपैयाँ बराबरको सामग्री बङ्गलादेश निर्यात हुँदा तीन अर्ब ८३ करोड ६८ लाख २२ हजार रुपैयाँ बराबरको सामग्री आयात भएको थियो । -रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *