लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै युवती माइतीघरस्थित झण्डा राखेको पोलमा चढेपछि… – Nepal Press

लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै युवती माइतीघरस्थित झण्डा राखेको पोलमा चढेपछि…

काठमाडौं । दुई वर्षसम्म लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै माइतीघर मण्डलास्थित राष्ट्रिय झण्डा राखेको पोलमा चढेर एक महिलाले आत्महत्याको प्रयास गरेकी छन् ।

जुम्ला घर भएकी सहारा शाहीले पोलबाट हाम्फाल्ने प्रयास गरेकी हुन् ।

उनी केटाले बिहे गर्न नमानेपछि करिब ३५ दिनदेखि घर्नामा थिइन् । घर्नामा बसेकी शाही आज हाम्फालेर मर्ने भन्दै माइतीघरस्थित पोलमा चढेकी थिइन् । तत्काल उनलाई प्रहरीले उद्धार गरेको छ ।

यसअघि वैवाहिक बलात्कार मुद्दामा क्षतिपूर्ति नपाएको भन्दै आरती रावल गिरीले पनि यही पोलमा चढेर आत्महत्याको प्रयास गरेकी थिइन् ।

तस्विरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर