अमेरिकामा भवनमा ठोक्किएर प्रत्येक वर्ष एक अर्बभन्दा बढी चरा मर्छन्: अध्ययन – Nepal Press

अमेरिकामा भवनमा ठोक्किएर प्रत्येक वर्ष एक अर्बभन्दा बढी चरा मर्छन्: अध्ययन

न्यूयोर्क । अमेरिकामा भवनमा ठोक्किएर घाइते वा बेहोस भएका अधिकांश चरा निको नहुने गरेको नयाँ अध्ययनले देखाएको छ । अध्ययनले भवनहरूमा ठोक्किएर मारिएका चराहरूको सङ्ख्या एक अर्बभन्दा बढी हुनसक्ने अनुमान गरेको छ ।

अमेरिकामा जङ्गली चराहरूको लागि प्रमुख खतरामध्ये भवनमा ठोक्किनु पनि एक चिन्ताजनक विषय हो । अध्ययन भवनमा ठोक्किएर भएका दुर्घटनाबाट हुने चराको मृत्युदरको र घाइते भएका चराहरूको सङ्ख्यामा मात्र आधारित रहेको वाशिङ्गटन पोस्टले अध्ययन प्रतिवेदनलाई उद्धृत गरी उल्लेख गरेको छ ।

यो हप्ता ‘प्लोस वन जर्नल’मा प्रकाशित अध्ययन प्रतिवेदनमा अन्वेषकहरूले चराहरूलाई उनीहरूको दीर्घकालीन बाँच्नेदर मूल्याङ्कन गर्न वन्यजन्तु पुनर्वास केन्द्रहरूमा लगिएको थियो ।

सन् २०१६ र २०२१ को बीचमा उत्तरपूर्वी संयुक्त राज्य अमेरिकाका घटनाहरू अध्ययन गर्ने अन्वेषकहरूले १५२ प्रजातिका चरासहित तीन हजार १०० भन्दा बढी भवनमा ठोक्किएर भएका दुर्घटनाहरूको रेकर्ड जाँच गरेको र दुर्घटनापछि पुनर्वास केन्द्रहरूमा लगिएका लगभग ६० प्रतिशत चरा मरेको उल्लेख गरेका थिए ।

उक्त अध्ययनमा सबैभन्दा सामान्य रूपमा पाइने प्रजातिहरू जस्तैः ढुकुर, अमेरिकी धोबी चरा, उत्तरी कार्डिनल, कूपर्स हक्स र ग्रे क्याटबर्डहरू थिए ।

कीराहरूको अत्यधिक फैलावट नियन्त्रण गर्नेदेखि लिएर बीउहरू फैलाउन मद्दत गर्ने इकोसिस्टमको महत्त्वपूर्ण संवाहक चरा हो भन्ने बढ्दो मान्यताको बीचमा धेरै अमेरिकी शहर र राज्यहरूले नयाँ भवनहरूलाई थप पंक्षी मैत्री हुन आवश्यक पर्ने नियमहरू पारित गरेका छन् । -रासस/सिन्ह्वा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर