नाफा घटेको शिवम्‌को सेयर मूल्यमा बढोत्तरी – Nepal Press

नाफा घटेको शिवम्‌को सेयर मूल्यमा बढोत्तरी

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको गत आर्थिक वर्ष (२०८०/८१) नाफाको नाफा ५७.९३ प्रतिशतले घटेको छ ।

चौथो त्रैमाससम्म २५ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको शिवमको यो नाफा अघिल्लो वर्षको तुलनामा ५७.९३ प्रतिशतले कम हो । अघिल्लो वर्ष यस कम्पनीले ५९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

सिमेन्ट बिक्रीबाट हुने आम्दानी घट्दा र बिक्री लागत बढेकै कारण यसपटक सर्वोत्तमको नाफामा दबाव परयो । बिक्री लागत बढाएको सर्वोत्तमको सञ्चालन आम्दानी भने घटेको छ ।

यसको सञ्चालन आम्दानी ७ अर्ब ७५ करोड बाट घटेर ७ अर्ब ७० करोडमा झरेको छ । बिक्री लागत भने ६ अर्ब ४६ करोडबाट बढेर ६ अर्ब ६७ करोड पुगेको छ । अन्य आम्दानी पनि ३६ करोड ३७ लाखबाट घटेर १९ करोड ८५ लाख कायम भएको छ ।

पुँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ रहेको शिवम् सिमेन्ट्सको जगेडा कोषमा ३ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ जम्मा रहेको छ । सेयर प्रिमियममा ९५ करोड ६२ लाख जम्मा छ । यसको प्रतिसेयर आम्दानी ४.९८ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ १८९.०२ रुपैयाँ छ।

नाफा घटेको वित्तिय विवरण सार्वजिनक गरेको शिवमको सेयर मूल्यमा भने बढोत्तरी छ । यसको सेयर मूल्य १ हजार माथि रहेको छ । आजको कारोबरमा ५ प्रतिशतभन्दा बढीले सेयर मूल्य बढीसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *