‘खुमलटारबाटै जनार्दन एमाले जाँदैछ, पार्टी फुटाउँदैछ भन्ने हल्ला चलाइयो’ (पूर्णपाठ) – Nepal Press
माओवादी बैठक

‘खुमलटारबाटै जनार्दन एमाले जाँदैछ, पार्टी फुटाउँदैछ भन्ने हल्ला चलाइयो’ (पूर्णपाठ)

जनार्दनको आरोप- प्रचण्ड प्रधानमन्त्री भएपछि बालुवाटारबाट कहिले मेरो र कहिले वर्षमानको विरुद्ध दुष्प्रचार गरियो, प्रश्न उठाउँदा कार्यक्षेत्रबाटै बेदखल गरिदिएँ भन्ने अभिव्यक्ति प्रचण्डबाट आए

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले प्रचण्ड निवास खुमलटारबाटै आफूबिरुद्ध पार्टी छाड्दैछ, पार्टी फुटाउँदैछ जस्ता हल्ला चलाइएको आरोप लगाएका छन् ।

स्थायी कमिटीको जारी बैठकमा शर्माले लिखित मत राख्दै खुमलटारबाट फलानो एमालेमा जाँदैछ भनेर शुरु गरिएको प्रचारबाजीलाई बालुवाटार पुगेपछि तीव्रता दिइएको दाबी गरेका छन् । प्रचण्ड प्रधानमन्त्री भएपछि बालुवाटारबाटै यस्ता हल्ला चलाइएको उनको ठम्याई छ ।

शर्माले पार्टी फुटबारे चलाइएको हल्ला सम्बन्धमा दुई पेज लामो फरक मत राख्दै भनेका छन्– उक्त प्रचारबाजीलाई मद्दत पुग्ने गरी पोखरामा आइपुग्दा मूल नेतृत्वले नै पार्टी फुटतिर उन्मुख छ कसलाई साथ भन्दै कार्यक्रम हलमा हुटिङ गराएपछि सुन्नेहरूलाई पार्टी फुट्ने पक्कापक्की भयो भन्ने लाग्यो । देशभर यसको असर देखा पर्न थाल्यो । फुटाउने कसले हो भन्दा बालुवाटारबाटै जनार्दनले हो भनेर भनिदिएपछि आज आमा कार्यकर्ता र जनतामा पार्टी फुटको त्रास फैलिएको छ ।

शर्माले प्रचण्ड सरकारमा रहँदा बालुवाटारबाटै कहिले जनार्दन तथा कहिले वर्षमान पुनविरुद्ध दुष्प्रचार गरिएको आरोप समेत लगाएका छन् ।

उनले नेतृत्व तहबाटै समानान्तर कमिटीहरू सञ्चालन गरिएको प्रश्न गरेकै कारण कार्यक्षेत्रबाट बेदखल गरिएको समेत आरोप लगाएका छन् ।

यस्तो छ शर्माको आरोप


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर