पेरिस ओलम्पिकको महिला म्याराथनमा नेपालकी सन्तोषी ७९ औँ स्थानमा
नेपाल प्रेस
२०८१ साउन २७ गते १५:००
काठमाडौं । पेरिस ओलम्पिकको महिला म्याराथनमा नेपालकी सन्तोषी श्रेष्ठले ७९ औँ स्थान हात पारेकी छन् । सन्तोषीले २ घण्टा ५५ मिनेट ६ सेकेन्ड समय निकालेकी हुन् । उनी आफ्नो व्यक्तिगत प्रदर्शनसमेत सुधार्न असफल भइन् ।
सन्तोषीले बंगबन्धु म्याराथन २ घण्टा ४६ मिनेट २३ सेकेन्डमा पूरा गरेकी थिइन् । ९१ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर