पानीमा कीरा भेटिएपछि महानगरको कार्यक्रम विथोलियो, किम्चीलाई सुनिताले गराइन् २ लाख जरिवाना – Nepal Press

पानीमा कीरा भेटिएपछि महानगरको कार्यक्रम विथोलियो, किम्चीलाई सुनिताले गराइन् २ लाख जरिवाना

काठमाडौं । पानीमा कीरा भेटिएपछि अनामनगरमा रहेको किम्ची रेस्टुरेन्टलाई काठमाडौं महानगरपालिकाले २ लाख रुपैयाँ जरीवाना गराएको छ । महानगरपालिकाकै कार्यक्रममा सिल गरेको पानीभित्र कीरा फेला परेको हो ।

शुक्रबार बिहान ९ बजे स्थानीय विवाद निरुपणका विषयमा अन्तरक्रियात्मक कार्यक्रम राखिएको थियो । कार्यक्रममा महानगरको अनुगमन समिति संयोजकसमेत रहेकी उपमेयर सुनीता डंगोल उपस्थित थिइन् ।

कार्यक्रमकै बीचमा वडा नम्बर ११ की वडा सदस्य यशोमती परियारले सिल गरेको प्रशोधित पानीको बोतल गिलासमा खन्याएर पिउन थाल्दा कीरा सल्बलाएको देखिन् । उनले सो बोतल उपमेयर डंगोललाई देखाइन् ।

डंगोल दूषित पानी बिक्री गर्नेलाई तत्काल कारबाही गर्न निर्देशन दिएर त्यहाँबाट हिँडेकी थिइन् । त्यसपछि किम्चीलाई आज दुई लाख जरिवाना गराइएको महानगरले जनाएको छ । महानगरको कार्यक्रम स्थगन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर