मकवानपुरबाट चरेससहित २ जना भारतीय नागरिक पक्राउ
नेपाल प्रेस
२०८१ साउन २८ गते १०:४९
हेटौँडा । मकवानपुरको थाहा नगरपालिकामा चरेसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् ।
६ केजी चरेससहित भारत विहार सितामाढीका ४५ वर्षीय सुधीर सिंह र ७५ वर्षीया रेणुदेवी चौधरीलाई इलाका प्रहरी कार्यालय पालुङले पक्राउ गरेको हो ।
मकवानपुरको कैलाश गाउँपालिकाको गल्छीबाट हेटौँडातर्फ गइरहेको यात्रुवाहक बसलाई थाहा नगरपालिका-३ शिखरकोटमा प्रहरीले रोकेर खानतलासी गर्ने क्रममा चरेस फेला पारेको हो ।
सिंह र चौधरीले तिघ्रामा बाँधेर चरेस ल्याएका थिए । १२ वटा प्लास्टिकको पोकामा प्याक गरेको चरेस एउटा तिघ्रामा तीन/तीन वटा पोका बाँधेका थिए ।
प्रतिक्रिया