एमालेमा भित्रिए प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव – Nepal Press

एमालेमा भित्रिए प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव

काठमाडौं । नेकपा माओवादी केन्द्र निकटको पत्रकार संगठन प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा एमालेमा प्रवेश गरेका छन् ।

उनलाई महासचिव शंकर पोखरेलले आज पार्टी कार्यालयमा स्वागत गरे । एमालेमा प्रवेश गरेका शर्माले एमाले नै कम्युनिष्टको मूल नेतृत्व भएकाले माओवादी त्यागेर आएको बताए । प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनले शर्मालाई प्रेस चौतारीमा उचित जिम्मेवारी दिइने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर