नेतृत्व छाड्नुपर्ने प्रस्तावबारे प्रचण्ड- सबै मिलेर जान्छ, टेन्सन छैन (भिडिओ) – Nepal Press
माओवादी बैठक

नेतृत्व छाड्नुपर्ने प्रस्तावबारे प्रचण्ड- सबै मिलेर जान्छ, टेन्सन छैन (भिडिओ)

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र सबै मिलेर जाने बताएका छन् । स्थायी कमिटी बैठकपछि बाहिरिने क्रममा नेतृत्व हस्तान्तरणबारे लिखित प्रस्ताव आएपनि मिलेर जाने बताए ।

नेतृत्व हस्तान्तरणबारे उनले भने, ‘केही हुँदैन सबै मिलेर जान्छ, तपाईंहरुलाई हो टेन्सन, हामीलाई केही छैन ।’

उपमहासचिव जनार्दन शर्माले बैठकमा लिखित धारणा राख्दै प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका थिए। उनको प्रस्तावमा केही नेताहरुले समर्थन जनाएका छन् ।

प्रचण्डको भनाइलाई समर्थन गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठक सकारात्मक बन्दै गइरहेको बताए ।

उयनले भने, ‘अध्यक्षज्यूले भनि सक्नुभयो । बैठक राम्रो सकारात्मक हुँदै गइरहेको छ । उहाँले संकेत गर्न खोज्नुभएको कुरा भित्र जे छलफल भइरहेको छ, बाहिर टुटेफुटेर आएको छ । मैले त समग्रमा भनेकै छु । तर, सत्य एउटा हुन्छ अंशमा गर्दा अर्को पर्न जान्छ ।’

उनले बैठकमा स्तरिय छलफल भएको जिकिर गर्दै कुनै समस्या नभएको बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर