बंगलादेशी राष्ट्रपिता बङ्गबन्धुलाई अगस्ट १५ मा ऋद्धाञ्जली दिन हसिना पुत्रको आग्रह
काठमाडौं । शेख हसिनाका पुत्र सजिव वाजेद रोयले बंगलादेशी राष्ट्रपिता बङ्गबन्धु भनेर परिचित शेख मुजिबर रहमानलाई ऋद्धाञ्जली दिन आग्रह गरेका छन् । उनले सामाजिक संजालबाट यस्तो आग्रह गरेका हुन् ।
यहि अगस्ट १५ मा स्मृति दिवश भएका शेख हसिनाका पिता तथा सजिबका हजुरबा शेख मुजिबर रहमानलाई ऋद्धाञ्जली दिन आग्रह गरेका छन् । सन १९७१ मा पूर्वी पाकिस्तानको रुपबाट स्वतन्त्र बनाइएको बंगलादेशका राष्ट्रपिता रहमानको सन १९७५ अगस्ट १५ मा हत्या गरिएको थियो ।
साउन २१ गते आन्दोलनकारीहरुले मार्चपास गरेर प्रधानमन्त्री निवास कब्जा गर्न लम्किएपछि हसिनाले देश छोडेकी थिइन् । उनी भारतमा शरण लिन गएपछि उनका पिता रहमानका शालिकहरु ढालिएका थिए । ढाल्नेहरुमा बंगलादेशी सैनिकहरु पनि भएको सामाजिक संजालका भिडिओहरुमा देखिएको छ ।
हसिनाको रिस राष्ट्रपितामा पोखिएको भन्दै आक्रोस आइरहेको छ । यस्तो आक्रोश ल्याउनेहरुमा रहमानले स्थापना गरेको हसिनाको दल अवामी लिगका नेताकार्यकर्ता देखि बंगलादेशका थुप्रै नागरिकहरु छन् । रहमानको दानवत्य भएको तथा शालिक ढालिएको तात्तातो माहोलमा सजिबको यो आग्रह आएको हो । तर, सजिवलाई प्रतिपक्षीहरुले सामाजिक संजालमा कमेन्ट गर्दै दंगा फैलाउन खोजेको आरोप लाएका छन् ।