माओवादीको प्रष्टीकरण- प्रचण्डको विकल्प छैन (भिडिओ)
काठमाडौं । नेकपा माओवादी केन्द्रले तत्काल नेतृत्वमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विकल्प नभएको जनाएको छ । स्थायी कमिटीको बैठकमा उपमहासचिव जनार्दन शर्माले नेतृत्व छाड्न सुझाव दिएकोबारे प्रवक्ता अग्निप्रसाद सापकोटाले सांगठानिक विधिबाट नै निष्कर्षमा पुग्ने बताए ।
उनले भने, ‘नेतृत्वबारे सांगठानिक विधिबाट जानुपर्छ भन्नेमा जोड दिनुभएको छ । सामूहिक नेतृत्वमा केन्द्रिकृत अभिव्यक्ति र त्यसको नेतृत्व कमरेड प्रचण्डबाट मात्रै हुन्छ । तथ्यबाट सत्य खोजेर उद्देश्यमा केन्द्रित भएर भविष्यमा केन्द्रित हुनुपर्छ ।’
उनले बैठकमा बोलेका अधिकांशले विचार र आर्थिक विकासलाई प्राथमिकता दिँदै आत्मसमीक्षा गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएको बताए ।
उनले थपे, ‘पार्टी कमिटीलाई सानो बनाउनुपर्छ, समाजवादीको अगुवाइ गर्नुपर्छ, हामीबाट नै समाजवादी प्रतिस्पर्धाको वातावरण बनाउनुपर्छ, परिर्वतनको पक्षधर माओेवादी भएकाले एकताबद्ध भएर जानुपर्छ, आलोचना पनि सकारात्मक र रचनात्मक कोणबाट भएको छ ।’
यो बैठकमा केन्द्रीय समितिमा व्यापक छलफल गरेर निष्कर्षमा पुग्ने बताए ।
लु है माओवादी को बेलाबखत राजनैनिक स्ष्टन गर्न त खोज्छ उसलाई अब जनताले नकचरो अवसरवादी पार्टी भनिसकेको छ अब सकिने त होला सुन काण्ड बजेट काण्ड सुमार्गिले चलायको हेलो नेपाल राजाको छोरीबाट नेपाल ट्रष्टको १५ रोपनी जग्गा काण्ड १/२ मा आफ्नो स्वार्थ अनुसार कोलुसन परिवर्तन भारतमा गएर गेरू वस्त्र धारण अझ comfortable government र जादुको छडी वाला नम्बर अरवौको भ्रष्टाचार आदि लगायत अब बाईबाही हो
कुरा सही हो । अब पुष्पकमल दाहालपछि समाप्त ।