स्थानीय तहको उपचुनाव मंसिरमा गर्न प्रधानमन्त्रीलाई आयोगको सुझाव – Nepal Press

स्थानीय तहको उपचुनाव मंसिरमा गर्न प्रधानमन्त्रीलाई आयोगको सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूसँग स्थानीय तहका रिक्त पदमा उपनिर्वाचनको तयारीबारे छलफल गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका मेयरसहित ३४ रिक्त पदमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएको छ ।

प्रधानमन्त्री ओलीले जाडो समयअगावै हुने गरी निर्वाचनको मिति तय गर्न र निर्वाचनमा मितव्ययिता अपनाउन ध्यानाकर्षण गराएका छन् । मिति घोषणा अघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आव्हान गर्ने आयोगले जानकारी गराएको छ ।

छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, मुख्यसचिव लीलादेवी गड्तौलालगायत सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर