अस्ट्रेलियामा हेलिकप्टर दुर्घटना, पाइलटको मृत्यु
नेपाल प्रेस
२०८१ साउन २८ गते १९:२०
क्यानबेरा । अस्ट्रेलियाको क्विन्सल्याण्ड राज्यको सुदूर उत्तरमा रहेको एउटा होटलको छतमा सोमबार हेलिकप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।
अस्ट्रेलियाली प्रहरीले होटल वरपर आपत्कालीन अवस्थाको घोषणा गरेको छ र दुर्घटनापछि ४०० जनालाई बाहिर निकालेको छ ।
केर्न्स राज्यका अधिकारीहरूले अहिलेसम्म पाइलटको पहिचान गन सकेका छैनन् ।
अस्ट्रेलियामा सन् २०२३ को अन्त्यमा क्विन्सल्याण्डको तटमा रक्षा बलको हेलिकप्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा चालक दलका चार सदस्यको मृत्यु भएको थियो । -रासस/क्युएनए
प्रतिक्रिया
सम्बन्धित खवर