फरार प्रतिवादीबाट एक वर्षमा ६ करोडभन्दा बढी राजस्व – Nepal Press

फरार प्रतिवादीबाट एक वर्षमा ६ करोडभन्दा बढी राजस्व

इनरुवा । गत आर्थिक वर्ष २०८०/८१ मा फरार प्रतिवादीबाट सुनसरीमा ६ करोडभन्दा बढी राजस्व सङकलन भएको छ ।

जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको फरार प्रतिवादी नियन्त्रण अभियानअन्तर्गत सो आवमा रु ६ करोड ६६ लाख ३० हजार नौ सय ९१ राजस्व तथा जरिवानाबाट असुल भएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

फैसला कार्यान्वयनमा फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने क्रममा प्रहरीले एक सय ४५ जना प्रतिवादीलाई नियन्त्रणमा लिँदा एक सय ९३ वर्ष छ महिना ६ दिन कैद भुक्तानी भएको छ ।

राजस्व तथा जरिवानाबाट रु ६ करोड ६६ लाख ३० हजार ९ सय ९१ असुल भएको प्रनाउ भण्डारीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *