मधेशका खेतबारीमा धानको हरियाली – Nepal Press

मधेशका खेतबारीमा धानको हरियाली

जनकपुरधाम ‌। मधेश प्रदेश अन्नको भण्डार हो । यस प्रदेशमै सबभन्दा बढी धान उत्पादन हुन्छ । अहिले यहाँका किसानहरू बढीभन्दा बढी धान फलाउन खेतबारीमा कडा मेहनत गरिरहेका छन् ।

प्रदेशका धेरैजसो क्षेत्रमा आकाशे पानीकै भर छ । यस वर्ष समयमै वर्षा भएकाले करिब ९६ प्रतिशत जग्गामा धान रोपाई भएको छ । धानको हरियालीले खेतबारी ढपक्कै छोपिएको छ । जता हेर्‍यो उतै हरियाली देखिन्छ ।

अहिले किसानको अधिकांश समय खेतमै बित्छ । धानसँगै खर (झार) उम्रेपछि गोडमेल गर्न किसानहरू व्यस्त देखिन्छन् । धनुषाको हंसपुर नगरपालिका ४ का रामदेव यादवले मजदुर नपाएपछि आफै गोडमेल गर्नुपरेको सुनाए ।

‘करिब २२ कट्ठा जग्गामा धान लगाएको छु,’ किसान यादवले भने, ‘खेतमा धानभन्दा बढी खर उम्रियो । खर मार्ने औषधी पनि छर्के ‌। तर खर मरेन । बाध्य भएर खर उखालेर फाल्न थालेका छौँ ।’

उनले यस वर्ष मल पनि सहज रूपमा पाएको बताए । ‘अब फल लाग्ने बेलामा पानी चाहिन्छ, त्यति बेला वर्षा भयो भने गज्जब हुन्छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *