नयाँ सरकारलाई नजिकबाट नियालिरहेका छौं : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ सरकारलाई नजिकबाट नियालिरहेको बताएका छन् ।
मङ्गलवार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सरकारको सुरुवाती संकेतलाई जनताले मूल्याङ्कन गरिरहेको भन्दै पार्टीले पनि नजिकबाट नियालिरहेको बताएका हुन् ।
उनले छिटै पार्टीका तर्फबाट सरकारको कामकारबाहीका बारेमा धारणा सार्वजनिक गर्ने जिकिर गरे । लामिछानेले विद्युत प्राधिकरणको बक्यौतामा रकम उठाउनुपर्नेमा कुनै दुई मत नरहेको बताए ।
त्यस्तै उनले भ्रष्टाचार कसुरका लागि पाँच वर्षे हदम्याद स्वीकार्य नहुने भन्दै जुनसुकै समयमा भएको भ्रष्टाचारको अनुसन्धान हुनुपर्नेमा जोड दिए ।