जसपा सांसदको गुनासो- दिनभरी पर्खिँदा पनि बिलबुक नवीकरण भएन (भिडिओ) – Nepal Press

जसपा सांसदको गुनासो- दिनभरी पर्खिँदा पनि बिलबुक नवीकरण भएन (भिडिओ)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद रञ्जुकुमारी झा यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट आफ्नो सवारी साधनको बिलबुक नवीकरण नै नगरेर फर्किएकी छन् ।

बिलबुक नविकरणका लागि सोमबार आफैं यातायात व्यवस्था कार्यालय एकान्तकुना पुगेर दिनभरी बसेर पनि बिलबुक नवीकरण नभएपछि रित्तो हात फर्किएको प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा जानकारी गराएकी हुन् ।

यातायात व्यवस्था कार्यालयमा एकान्तकुनामा बसेर बिलबुक नविकरणका लागि दिनभर बसेको भए पनि सर्वर डाउन भएका कारण साँझ रित्तो हात फर्किएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गरेकी हुन् । उनले नवीकरण गर्न जादाँ सरकारले सर्वर डाउन भएको भन्दै नगर्ने तर पछि जरिवाना तिराउने गरेको भन्दै सभामुख देवराज घिमिरेमार्फत अब जादाँ जरिवाना सरकारले तिराउन नहुने बताइन् ।

उनले प्रतिनिधि सभाको मंगलबारको विशेष समयमा भनिन्, ‘आज म यातायात विभागतिर जादैँछु । हाम्रो यातायात व्यवस्था कार्यालय एकान्तकुनामा हिजो मेरो गाडीको बिलबुक नविकरण गर्न जादाँ दिनभरी लागेर पनि नभएपछि काम नै नभएर फर्केर आए सभामुख महोदय । काम किन भएन भने सर्वर डाउन । सभामुख महोदय, म त्यहाँ ४ देखि ५ घण्टा बसेर फर्किदाँ हामीले सरकारलाई राजस्व तिर्न जादाँ पनि सरकारले खाली हात फर्काइदिन्छ काम नै नगरेर । मुख्य समास्या नै सर्वर डाउन । सभामुख महोदय, यस्तो समस्या कसरी समाधान हुन्छ । फेरी ढिलो गयो भने हामीलाई जरिवाना लाग्छ । समयमै जादाँ सर्वर डाउन हुन्छ । यो समस्या कसको हो समाभुख महोदय, यतातिर सरकारलाई गम्भिर हुनका लागि गम्भिरतापूर्वक ध्यानाकर्षण गराउँदछु । कि अब पनि यो सर्वर डाउनको नाममा ढिलो गयो भने हामीसँग सरकारले जरिवाना नलियोस् ।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर