रास्वपा सांसद सोविता गौतमले दर्ता गरिन् हवाई दुर्घटनाबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव – Nepal Press

रास्वपा सांसद सोविता गौतमले दर्ता गरिन् हवाई दुर्घटनाबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सोविता गौतमले हवाई दुर्घटनाबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेकी छन् ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम ७१ बमोजिम रास्वपाका १३ जना सांसदको समर्थनमा प्रतिनिधिसभा सचिवालयमा गौतमले उक्त प्रस्ताव दर्ता गरेकी हुन् ।

प्रस्तावको समर्थकमा रास्वपाकै सांसदहरु डोलप्रसाद अर्याल, सन्तोष परियार, डा.तोसिमा कार्की, हरि ढकाल, मनिष झा, निशा डाँगी, शिव नेपाली, अशोककुमार चौधरी, सुमना श्रेष्ठ, डा. चन्दा कार्की, गणेश पराजुली, विन्दवासिनी कंशाकार र विनिता कठायत रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर