सर्पले डस्दा छोरीको मृत्यु, आमा गम्भीर घाइते
नेपाल प्रेस
२०८१ साउन ३० गते ९:५०
घोराही । सर्पले डस्दा घोराही उपमहानगरपालिका-६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छ । एकजनाको अवस्था गम्भीर छ ।
गए राति सर्पले डस्दा ६ वर्षीया इन्दु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले बताए ।
सर्प डस्नेबित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको उनले बताए । गम्भीर घाइते २५ वर्षीया आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर