४२ हजार डलर लिएर चीनलाई सुरक्षा जानकारी बेचेको अमेरिकी सैनिकको स्वीकारोक्ति
नेपाल प्रेस
२०८१ साउन ३० गते १२:१७
काठमाडौं । चीनलाई देशको सुरक्षा जानकारी बेचेको एक अमेरिकी सैनिकले स्वीकार गरेका छन् ।
बीबीसीका अनुसार गत मार्चमा पक्राउ परेका सैनिक कोर्बिन सुल्जले यस्तो स्वीकार गरेका हुन् ।
आफूले सेनाको गोप्य जानकारी बेचेको उनले स्वीकार गरेको अमेरिकी न्याय विभागले सार्वजनिक गरेको छ ।
उनले ४२ हजार अमेरिकी डलर लिएर सेनाका गोप्य जानकारी बेचेको खुलाएका छन् । सन २०२२ बाट यो काम आफूले नियमित गरेको उनले स्वीकार गरेका छन् ।
आफूले जानकारी हङकङका व्यक्तिलाई बेचेको उनले बताएका छन् । सेक्युरिटी क्लियरेन्समा काम गर्ने भएकोले उनीसँग उच्च तहको गोप्य सैन्य जानकारीमा पहुँच हुने बताइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर