मुकुल ढकाललाई साधारण सदस्यबाट हटाउन रास्वपाले सोध्यो २४ घन्टे स्पष्टीकरण – Nepal Press

मुकुल ढकाललाई साधारण सदस्यबाट हटाउन रास्वपाले सोध्यो २४ घन्टे स्पष्टीकरण

ढकाल भन्छन्- मलाई महाधिवेशनले मात्र हटाउन सक्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीं (रास्वपा) को महामन्त्रीबाट निष्कासित डा. मुकुल ढकाललाई फेरि स्पष्टीकरण सोधिएको छ । स्पष्टीकरणको आशय साधारण सदस्यबाटै हटाउनेगरीको छ ।

कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले स्पष्टीकरणमा पार्टीविरुद्ध नियोजितरूपमा निरन्तर सक्रिय रहेको भन्दै पार्टीको साधारण सदस्यबाट किन निष्कासन नगर्ने ? तपाईँको साधारण सदस्यता किन खारेज गर्नु नपर्ने ? आफ्ना आधार प्रमाण भनाइसहित २४ घण्टाभित्र जवाफ पठाउन भनेका छन् ।

ढकाललाई विभिन्न सञ्चारमाध्ययममा आएका उनका अभिव्यक्तिको सूचीसहित २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।

नेपाल प्रेससित कुरा गर्दै ढकालले आफू अहिल पनि रास्वपाको महामन्त्री रहेको जिकिर गरे । विधानमा कार्यवाहक महामन्त्रीको प्रावधान नै नरहेको र महामन्त्रीलाई महाधिवेशनले मात्र हटाउन सक्ने उनको भनाइ छ । स्पष्टीकरणको जवाफ दिने वा नदिने विषयमा आफूले कानून व्यवसायीसँग सल्लाह गर्ने उनले बताए ।

पार्टीलाई समाप्त पार्ने उद्देश्यले षडयन्त्रपूर्वक अरु नेताहरूलाई भेटेको आरोप पनि पत्रमा लगाइएको छ । ढकालले अस्तिमात्रै प्रधानमन्त्री केपी शर्मा ओलसित भेटेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर