गिरिजाप्रसादलाई सम्झिँदै प्रचण्डले भने- हजारौं सहिदहरूको सपना पूरा हुँदैछ (भिडिओ) – Nepal Press
प्रतिनिधिसभा बैठक

गिरिजाप्रसादलाई सम्झिँदै प्रचण्डले भने- हजारौं सहिदहरूको सपना पूरा हुँदैछ (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टीआरसी विधेयकमा सहमतिपछि हजारौं सहिदहरूको सपना पूरा हुने विश्वास व्यक्त गरेका छन् ।

टीआरसी विधेयक पारित गर्नुअघि प्रतिनिधिसभामा सम्बोधन गर्दै शान्ति प्रक्रियाको पूर्णतासँगै राजनीतिक क्रान्तिको एउटा अध्यायले पूर्णता पाएको उनले बताए ।

उनले अब परिवर्तनका उपलब्धिलाई संस्थागत गर्दै समृद्धिको महान यात्रामा अघि बढ्ने बाटो पाएको जिकिर गरे ।

उनले भने, ‘हामी सबैको साझा प्रयासले नै हामी यो ठाउँमा आइपुगेका छौं । यो विधेयक पारित हुँदैगर्दा म कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई पनि सम्झिन्छु । मैले ०६२ सालमा सात दलीय गठबन्धन र उहाँ मेरो साझेदारको रूपमा हुनुहुन्थ्यो ।’

उनले अस्पतालको अन्तिम भेटमा आफूपछि शान्ति प्रक्रियाको बाँकी काम आफ्नो काँधमा रहेको बताएको पनि स्मरण गरे । शान्ति प्रक्रियाको बाँकी काम टुंगिने बाटोमा रहेपनि कार्यान्वयनको चुनौती रहेको दाहालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर