मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन एमालेको ह्वीप
नेपाल प्रेस
२०८१ साउन ३० गते १४:४७
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची छ ।
शाहको पक्षमा मत दिन नेकपा (एमाले) ले आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ । संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा बसेको बैठकले प्रदेश सभामा अनिवार्य उपस्थित भई मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन ह्वीप जारी गरेको हो । अनुपस्थित र तटस्थ नबस्न पनि भनिएको रावलले जानकारी दिए ।
शाह २० साउनमा सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर