बैठक चलिरहँदा संसद भवन परिसरमा मुखमा टेप लगाएर एक विद्यार्थीले गरे प्रदर्शन – Nepal Press

बैठक चलिरहँदा संसद भवन परिसरमा मुखमा टेप लगाएर एक विद्यार्थीले गरे प्रदर्शन

काठमाडौं । प्रतिनिधिसभा बैठक चलिरहेको बेला संसद भवन परिसरमा एक विद्यार्थीले विरोध प्रदर्शन गरेका छ्न् ।

रत्न राज्य क्याम्पसका स्नातक तहमा अध्ययनरत विद्यार्थीले मुखमा टेप लगाएर संसद भवन परिसरमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारी विद्यार्थी जिल्ला अछाम घर भएका दीपक देवकोटा रहेको बताइएको छ । प्रदर्शन गर्न नपाइने स्थानमा आन्दोलन गरेसँगै उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले भुटानी शरणार्थी प्रकरण, सहकारी ठग, गिरीबन्धु प्रकरणमा सजाय खोइ ? बंगलादेशको विद्यार्थी आन्दोलन नेपालमा पनि शुरु गर्नुपर्ने हो ? भन्दै प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । मुखमा मास्क र कालो टेप बाँधेर उनले प्रदर्शन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर