उल्टो बाटोमा कमरेड प्रभाकर- कमाण्डरलाई गाली, दुस्मनको ताली – Nepal Press

उल्टो बाटोमा कमरेड प्रभाकर- कमाण्डरलाई गाली, दुस्मनको ताली

कमरेड प्रभाकर, जनयुद्धको एउटा कमाण्डर । पार्टी शान्ति प्रक्रियामा आएपछि शान्ति मन्त्री भएर जनमुक्ति सेनाको डेपुटी कमाण्डरको समेत हैसियतमा सेना समायोजनमा निर्णायक भूमिका खेलेको नेता । अनि सरकार र संसदीय मोर्चामा समेत सफल अझ भनौं उज्यालो नेपालको निर्माता हाम्रो उपमहासचिव जनार्दन शर्मा प्रभाकर ।

हरेक मोर्चामा पार्टी र नेतृत्वको रक्षामा खरो उत्रिएको विरासत बोकेका प्रभाकरले स्थायी कमिटीको पछिल्लो बैठकमा पेश गरेको लिखित दस्तावेजले दुस्मन कित्ता खुसीले उफ्रिएको मिडियाहरूमा सहजै देख्न सक्छौं । तर, उहाँको दस्तावेज र अभिव्यक्तिले पार्टी पंक्ति भने निराश र मर्माहत बनेको छ ।

यो पंक्तिकार कमरेड प्रभाकरले देखाएको बाटोमा हिँडेको उहाँको एक अनुयायी भएकाले उहाँले पार्टी र मूल नेतृत्वका बारेमा दस्तावेजमा भनेका कुरा र लगाएको आरोपको खण्डन मण्डन गर्ने उद्देश्य होइन । पार्टी नेतृत्वको उचाइबाट आएका विषयमा वहस गर्न सकिन्छ तर कहिले गर्ने भन्ने बेला चाहिँ उपयुक्त हुनुपर्छ ।

यो छोटो टिप्पणीमा पार्टी बैठकभित्र कमरेड प्रभाकरले उठाएका विषयहरूमाथि बहस गर्न खोजिएको छैन । बरु कस्तो बेला यो विषय उठाइयो भन्ने प्रश्न गर्न खोजिएको हो । के माओवादी पार्टी र यसको नेतृत्व प्रचण्डविरुद्ध पार्टीभित्रै बमबार्ड गर्ने यो उपयुक्त बेला हो ? के अहिले प्रचण्डको विकल्प खोज्ने बेला हो ? के अहिले प्रचण्डको आलोचना गरेर बैरी हँसाउने बेला हो ?

प्रभाकरलाई भावी नेतृत्वका रूपमा चाहने र बुझ्ने नेता कार्यकर्ताले समेत उहाँले मुख्य नेतृत्वमाथि आरोप वा आलोचनाको दस्तावेज पेश गर्ने यो समय उपयुक्त भएन भनिरहेका छन् । दुस्मनविरुद्ध अन्य दलहरू र नागरिक समाजलाई समेत गोलबन्द गरेर अघि बढ्ने बेला आफ्नै नेतृत्वविरुद्धको बगावतले पटक्कै राम्रो सन्देश गएको छैन ।

विषय उठान सही हुँदा हुँदै पनि कहिलेकहिँ त्यो विषय उठाउने समय र परिस्थिति सही हुनुपर्छ । आज दुस्मनको घेरामा परेको कमाण्डरलाई घेरा तोडाएर आन्दोलन तथा पार्टी बलियो बनाउने बेला हो कि, दुस्मनलाई सहयोग हुनेगरी कमाण्डरलाई गलाउने बेला हो ? यसबारेमा कमरेड प्रभाकरले जवाफ दिनुहोला । के यो सही समय थियो प्रचण्डमाथि प्रहार गर्ने ?

अध्यक्ष प्रचण्डले आफ्नो तेस्रो प्रधानमन्त्रीत्वकाल सुशासन र विकासको दृष्टिले स्मरणीय बनाउने घोषणा गरेर अभियान थाल्नुभएको थियो । जनार्दन शर्मा प्रभाकर त्यो अभियानको एउटा सिपाही हो । प्रचण्डले थालेको सुशासनको अभियानबाट आत्तिएर देशका दुई ठूला दल कांग्रेस र एमाले मिल्नुपर्ने अवस्थामा पुगको यथार्थ प्रभाकरले नबुझ्ने कुरा भएन । प्रचण्डले सुशासनको अभियान नचलाएको भए सम्भवतः पूरै अवधि कांग्रेस र एमालेलाई खेलाएरै प्रधानमन्त्री भइरहन सम्भव थियो ।

तर, प्रचण्डले प्रधानमन्त्री बनिरहने भन्दा पनि सुशासन, समृद्धि र सामाजिक न्यायको लागि अभियानकै रुपमा सरकारलाई चलाउने र सँगसँगै देशको वामपन्थी आन्दोलनलाई पुनः एकतातर्फ लैजाने पवित्र उद्देश्यले गठबन्धन फेरबदल गर्नुभएको थियो । त्यसको परिणाम आज कांग्रेस र एमालेले माओवादीलाई सत्ता बाहिर राखेर सुशासनको अभियान सेबोटेज गरेका छन् ।

माओवादी आन्दोलनलाई नै धराशायी बनाउने उद्देश्यले भइरहेको दक्षिणपन्थी भ्रष्टहरूको गठबन्धनविरुद्ध सारा देशलाई प्रचण्डको नेतृत्वमा एकजुट बनाएर क्रान्तिकारी ध्रुवीकरण गर्नुपर्ने बेलामा पार्टी बैठकमा क. प्रभाकरले गरेको हेडक्वार्टरमाथिको बमबार्डले कार्यकर्ता पंक्ति निराश बनेको छ । यो कुरालाई प्रभाकरले महशुस गर्नुपर्छ ।

प्रभाकरलाई भावी नेतृत्वका रूपमा चाहने र बुझ्ने नेता कार्यकर्ताले समेत उहाँले मुख्य नेतृत्वमाथि आरोप वा आलोचनाको दस्तावेज पेश गर्ने यो समय उपयुक्त भएन भनिरहेका छन् । दुस्मनविरुद्ध अन्य दलहरू र नागरिक समाजलाई समेत गोलबन्द गरेर अघि बढ्ने बेला आफ्नै नेतृत्वविरुद्धको बगावतले पटक्कै राम्रो सन्देश गएको छैन ।

हिजो अर्थमन्त्री भएका बेला जनार्दन शर्माविरुद्ध एमालेलगायतका विपक्षीहरूले चर्को घेराबन्दी गरेर अप्ठेरो पारेका बेला त्यही खुमलटारले ढाल बनेर जोगाएको निकट अतीतलाई उहाँले कसरी बिर्सनुहोला ? प्रचण्डले आफ्नो डेपुटी कमाण्डर जोगाउन तत्कालीन सरकार र विपक्षीसँग कसरी ट्याकल गर्नुभयो भन्ने सबैले बुझेका छन् ।

खुमलटार र बालुवाटारबाट आफूविरुद्ध प्रचारबाजी गरियो र राज्यशक्तिको दुरुपयोग समेत गर्न लागिएको थियो भन्नुले उहाँको बुझाइमा समस्या हो वा उहाँलाई प्रयोग गरेर बाह्य शक्तिले प्रचण्ड र माओवादी आन्दोलनलाई कमजोर बनाउन खोजेका हुन् ? यसबारेमा पार्टीमा अवश्य छलफल भएकै होला ।

यो बेला गिरीबन्धु टी स्टेट र भुटानी शरणार्थी प्रकरणमा माओवादीले एकस्वरमा सदन र सडक तताउनुपर्नेमा पार्टीभित्र बहस प्रचण्डको आलोचनामा केन्द्रित हुनु भनेको उल्टो बाटो हो । माओवादी नेतृत्वको सरकारले थालेका सुशासनका अभियानलाई उल्ट्याइएको यो समयमा पार्टी बैठकको बहस प्रचण्डको आलोचनामा केन्द्रित हुनुपर्ने हो ?

के माओवादी पार्टी र यसको नेतृत्व प्रचण्डविरुद्ध पार्टीभित्रै बमबार्ड गर्ने यो उपयुक्त बेला हो ? के अहिले प्रचण्डको विकल्प खोज्ने बेला हो ? के अहिले प्रचण्डको आलोचना गरेर बैरी हँसाउने बेला हो ?

यसबारेमा पार्टीले गम्भीररूपमा सोचेर जनार्दन शर्माको दस्तावेजलाई भविष्यमा छलफल र समीक्षाको कार्यसूचीमा राख्दै अहिलेको अवस्थामा प्रचण्डको नेतृत्वलाई अझ केन्द्रिकृत गर्दै आगामी २०८४ को निर्वाचनमा समाजवादी शक्तिहरूको बहुमत हुनेगरी माओवादीलाई निर्णायक शक्ति बनाउनतर्फ लाग्नुपर्छ । तलको पंक्तिले चाहेको र जनताको भावना यही हो ।

प्रचण्ड भनेको सामूहिक नेतृत्वको केन्द्रिकृत विचार हो । यो अवस्थामा प्रचण्डलाई कमजोर बनाएर होइन बलियो बनाएर माओवादीका एजेण्डा स्थापित गर्ने र जनतासँग टुटेको सम्बन्ध नवीकरण गर्दै नयाँ ढंगबाट पार्टीलाई २०६४ कै अवस्थामा फर्काउनेतिर सबै नेता लाग्नुपर्छ । यो भन्दा दायाँ बायाँ गएर बेमौसमी प्रलाप गर्ने छुट हामी कसैलाई छैन । प्रचण्डका कमजोरी सच्याउँदै प्रचण्डकै नेतृत्वमा अघि बढ्ने प्रण नेतृत्वले सामुहिकरूपमा गरोस् ।

कमरेड प्रभाकर, यसपटक तपाईँले गलत समयमा आत्मघाती प्रकारको उल्टो बाटो हिँड्न खोज्नुभएको छ । आत्मसमीक्षा गर्नुस् र नेतृत्वमा एकाकार हुनुस् । केही समयअघि तपाईँले वाईसीएल नेपालकै एउटा भेलामा अध्यक्षलाई आवश्यकता पर्दा ज्यान हत्केलामा राखेर नेतृत्वको रक्षाका लागि उभिएको योद्दाका रुपमा आफूलाई चिनाउनुभएको थियो, एकपटक फेरि त्यो रूपमा देख्न पाइयोस् । नेतृत्वको आलोचना र सुधारका लागि अरु समय छँदैछन्, अहिलेलाई नेतृत्वको रक्षा र प्रचण्डको सुशासन अभियानको जगमा विपक्षीको भण्डाफोर गर्दै पार्टी पुनर्गठनमा लागौं ।

(ढकाल माओवादी सहायक संगठन वाईसीएलका केन्द्रीय समिति सचिव हुन् ।)


प्रतिक्रिया

3 thoughts on “उल्टो बाटोमा कमरेड प्रभाकर- कमाण्डरलाई गाली, दुस्मनको ताली

  1. चाकरी चाकडी गरेछन् नेतृत्व असफल भएको बेला नै हो नेतृत्व परिवर्तन गर्ने भन्ने हेक्का हरी ढकाललाई ज्ञान रहेनछ वा माओवादी भित्र ५०ओ बर्ष एउटैमात्र नेतृत्व रहनुपर्छ भन्ने हो जनतालाई सुसूचित गरिदिनुपर्छ

  2. प्रचण्डको भजन गाएर खान पल्केकाबाट यो भन्दा बढी आश गर्न सकिन्न ।

  3. माओवादी पार्टीमा लोकतान्त्रिक अभ्यासबाट नेतृत्व चुन्ने परम्परा छैन । आफ्नो भजनमण्डीलाई विभिन्न पद बाँडेर शत्ता र शक्तिमा टिक्नु प्रचण्डको विशेषता हो । आफूले मनोनित गरेका केन्द्रिय सदस्यहरुको बहुमत देखाएर पार्टीमा प्ररचण्डले रजाई गर्नु नै माओवादी शक्ति क्षयकरण हुदै जानुको एउटा कारण हो । पार्टीको आन्तरिक जीवनमा लोकतान्त्रीक अभ्यास बिना न पार्टीले वैचारिक रुपमा नयाँ जीवन पाउछ न त नयाँ नेतृत्व विकास हुन्छ । विचरा जनार्दनलाई अब प्रचण्डले भित्तामा पुर्याउने भए अब, जसरी हिजो बैद्य, बाबुराम, विप्लब लगायतका पुर्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर