पूर्वराजालाई नोबेल पुरस्कारका लागि सिफारिस गर्न राजेन्द्र लिङदेनको माग (भिडिओ) – Nepal Press

पूर्वराजालाई नोबेल पुरस्कारका लागि सिफारिस गर्न राजेन्द्र लिङदेनको माग (भिडिओ)

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन भूमिका खेलेको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउँदै गर्दा विगतको द्वन्द्वलाई बिर्सनु नहुने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै लिङदेनले सम्झौताको एउटा पक्ष तत्कालीन राजालाई स्मरण गर्नुपर्ने भएपनि नसम्झिएको भन्दै आपत्ति जनाए । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने भूमिका खेलेबापत तत्कालीन राजालाई राजनीतिक दलहरूले नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने उनको माग छ । आफूले मौका पाउनेबित्तिकै अरुलाई बिर्सिन नहुने उनको भनाइ छ ।

लिङदेनले शान्ति प्रक्रियामा सबैलाई अटाएर लैजानुपर्नेमा जोड दिएका छन् ।

लिङदेनले भने, ‘त्यो द्वन्द्व कसका कारण भयो, कसका लागि भयो ? त्यो भन्नलाई नाम दिनलाई जसले द्वन्द्वको नेतृत्व गर्‍यो, प्रत्यक्ष सामेल भयो, त्यसले जनयुद्ध भने हुन्छ । कसैले सशस्त्र विद्रोह, कसैले हिंसात्मक विद्रोह भने हुन्छ । तर, हामीले यो कुरा बिर्सिनु हुँदैन की त्यस प्रकारको द्वन्द्व फेरि देशमा कहिल्यै नदोहोरियोस् । यस द्वन्द्वमा विद्रोही र सरकार पक्षमात्रै छैनन् । जो द्वन्द्वमा प्रत्यक्षरूपमा सामेल थिएन त्यो पनि सबैभन्दा बढी पीडित भएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर