देउवालाई माधव नेपालको सुझाव- तपाईं साह्रै सोझो हुनुहुन्छ, मध्यरातको सम्झौतामा ख्याल गर्नुस् (भिडिओ) – Nepal Press

देउवालाई माधव नेपालको सुझाव- तपाईं साह्रै सोझो हुनुहुन्छ, मध्यरातको सम्झौतामा ख्याल गर्नुस् (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल दुई दलीय शासन व्यवस्था स्वीकार्य नहुने बताएका छन् ।

प्रतिनिधिसभामा टीआरसी विधेयकमाथिको छलफलका क्रममा उनले कांग्रेस-एमालेबीच भएको सात बुँदे सहमतिको नियतमा प्रश्न उठाए ।

उनले भने, ‘प्रधानमन्त्री यहाँ भइदिएको भए कस्तो राम्रो हुन्थ्यो । उहाँले यहाँ संविधान संशोधनको कुरा गर्नुभयो । अनि मध्यरातमा हस्ताक्षर गर्ने हो ? दुई दलीय शासन ल्याउन खोजेको हो ? दुई दलीय शासन व्यवस्था नेपालमा आउन सक्दैन । आउन हामी दिँदैनौं । बहुदलीय व्यवस्था हामीले ल्याएका हौं । यही रहन्छ । कमीकमजोरीलाई सुधारेर जान सकिन्छ ।’

अध्यक्ष नेपालले मध्यरातमा सहमति गर्नुबाटै नियत बुझिएको जिकिर गरे ।

उनले थपे, ‘हाम्रो शेरबहादुर माननीय पनि साह्रै सोझो हुनुहुन्छ । उहाँ बुझ्दै बुझ्नुहुन्न जस्तो पनि लाग्छ, फेरि बुझ्न त सिपालु हुनुहुन्छ । ख्याल गर्नुस्, दुई दलीय शासनले देशलाई नोक्सान पुर्‍याउँछ । दुई दलीय नाममा एक दलीय शासनमा जाने कुरा जनतालाई स्वीकार्य छैन ।’


प्रतिक्रिया

2 thoughts on “देउवालाई माधव नेपालको सुझाव- तपाईं साह्रै सोझो हुनुहुन्छ, मध्यरातको सम्झौतामा ख्याल गर्नुस् (भिडिओ)

  1. नेपालमा २ दलिय व्यबस्था आयाे भने राम्राे हुन्छ । साेझाे सिधा हुनु देशकाे लागि राम्राे हाे। धुर्त र स्वार्थि हाबि भएपछी देश अगाडि बढ्न सक्दैन । त्यसैले बरु साेझाे हुनु, स्वार्थि नहुनु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर