प्रचण्डलाई चित्रबहादुरको प्रश्न- पदको लागि बालकोट र बुढानीलकण्ठ धाउन जनयुद्ध गर्नुभएको थियो ? (भिडिओ) – Nepal Press

प्रचण्डलाई चित्रबहादुरको प्रश्न- पदको लागि बालकोट र बुढानीलकण्ठ धाउन जनयुद्ध गर्नुभएको थियो ? (भिडिओ)

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सशस्त्र द्वन्द्वको क्रममा निर्दोष जनतामाथि भएको कारबाही, मानव अधिकारको हनन, महिलामाथिको यौन उत्पीडन वा अपराधजन्य कार्यको कारबाही सुनिश्चित हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभामा टीआरसी विधेयकमाथिको छलफलका क्रममा उनले पीडितलाई चित्त नबुझे अदालत जान पाउँछन् भन्नु हाँस्यास्पद भएको टिप्पणी गरे । उनले अदालत कसरी र कोबाट चल्छन् भन्ने आफूहरुले देखिसकेको बताए ।

सांसद केसीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सत्ता केन्द्रित भएको आरोप लगाए ।

उनले अगाडि भने, ‘२० महिनामा पदको लागि दुई चोटी बालकोट, दुई पटक बुढानीलकण्ठ, जनयुद्ध थियो यो ? अरु देशमा जनयुद्ध हुँदा यस्तो हुन्छ ? जनयुद्ध सकिएपछि सशस्त्र द्वन्द्वको क्रममा एकातिर माओवादी र अर्कातिर सत्तापक्षबाट निर्दोष जनतामाथि भएको कारबाही, मानव अधिकारको हनन, महिलामाथिको यौन उत्पीडन भएका छन् । त्यसबाहेक सबै अपराधजन्य घटनामा संलग्नलाई कारबाही हुनुपर्छ ।’


प्रतिक्रिया

One thought on “प्रचण्डलाई चित्रबहादुरको प्रश्न- पदको लागि बालकोट र बुढानीलकण्ठ धाउन जनयुद्ध गर्नुभएको थियो ? (भिडिओ)

  1. प्रचण्डले यो गल्ती गरे गरेनन त्यो पनि समीक्षा गरौं बाजे !अनि आफू चाहिँ पार्टीको सधैं भरी आफै अध्यक्ष सधैं भरी साम्सद त्यो पनि अर्कालाई गाली गरेकोभरमा !तपाईका अरु पदाधिकारी नाम पनि सुनिदैन त!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर