संविधान संशोधनबारे प्रधानमन्त्री ओली- प्रतिगमन भनेर कसरी सोच्न सकिन्छ ? (पूर्णपाठ) – Nepal Press

संविधान संशोधनबारे प्रधानमन्त्री ओली- प्रतिगमन भनेर कसरी सोच्न सकिन्छ ? (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता र लोकतान्त्रिक गणतन्त्र मास्नेगरी संविधान संशोधन नहुने बताएका छन् । टीआरसी विधेयकमाथि छलफलको क्रममा प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संविधान संशोधन प्रतिगमन नहुने जवाफ दिए ।

उनले भने, ‘म एस्योर गर्न चाहन्छुु, ढुक्क पार्न चाहन्छु साथीहरुलाई यसको अर्थ प्रतिगमन गर्छ भनेर कसरी सोच्न सकिन्छ ? जुन प्रतिज्ञा गरेर, जुन शपथ लिएर जेका लागि संघर्ष गरेर, जेका लागि जे जस्ता दुुःखकष्ट भोगेर हामी यस परिणाममा आएका छौं, जनप्रतिनिधि भएका छौं, जनप्रतिनिधि हुँदा हामीले जुन शपथ ग्रहण गरेका छौं । त्यसको खिलापमा जान सकिन्नँ ।’

उनले आफूहरुले लोकतन्त्रका लागि लडेको भन्दै विश्वास नभई गर्धन थाप्न नसकिने बताए ।

प्रधानमन्त्री ओलीले थपे, ‘म फेरि पनि भन्न चाहन्छु, संविधान असंशोधनीय दस्तावेज होइन, संशोधनीय दस्तावेज हो । संशोधन लोकतन्त्रका मूूल्य मान्यतालाई अझ बढी सुदृढ गर्न, अझ बढी व्यवहारिक बनाउन, अझ बढी उजिल्याउन र त्यसलाई प्रभावकारी बनाउन, समयानुकूल गर्न, सुशासन र विकासका कामहरुलाई जनतालाई दिन हो । जनतालाई डेलिभरी उपलब्ध गराउने सन्दर्भमा जुन कुरा र कामले बढी उपयोगी बनाउन सकिन्छ, ती धाराहरु, उपधाराहरु केही फेरबदल गर्न नसकिने कुरा होइन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर