प्रतिनिधिसभामा भदौ ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर – Nepal Press

प्रतिनिधिसभामा भदौ ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ ६ गते हुने भएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले भदौ ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने जानकारी गराएका हुन् ।

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको लागि यसअघि नै समूह विभाजन भइसकेको उल्लेख गर्दै भदौ महिनामा समूह ७ मा परेका सांसदहरुले प्रश्न सोध्न पाउने भन्दै आइतबार २ बजेसम्म प्रश्न उपलब्ध गराउन आग्रह गरे ।

टीआरसी विधेयक पारित गरेपछि भदौ ६ गते दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित भएकोसमेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर