तातोपानी नाका पुग्ने खाग्दल खोलामा २१ दिनभित्र बेलिब्रिज राखिने – Nepal Press

तातोपानी नाका पुग्ने खाग्दल खोलामा २१ दिनभित्र बेलिब्रिज राखिने

सिन्धुपाल्चाेक ।  नेपाल चीन बीचको प्रमुख व्यापारिक नाका तातोपानी सम्म पुग्ने सडक अन्तरर्गत कोदारी राजमार्गको खाग्दल खोलामा रहेको बेलिब्रिव एक महिना अगाडि बाढीले बगाएपछि उक्त स्थानमा बेलिब्रिज राखेर यातयातका साधान सञ्चालनको सबै तयारी पूरा भएको छ ।

अन्तर्राष्ट्रिय नाकासम्म पुग्ने सडकमा रहेको बेलिब्रिज बाढीले बगाएपछि स्थलगत निरीक्षणमा आएका भौतिक योजना तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहालले एक महिनाभित्र नबगाउने गरेर बेलिब्रिज राख्न मन्त्रालयका सचिव सचिव गोपाल सिग्देल र सडक विभागमा महानिर्देशक रामहरी पोखरेललाई पुल बगाएको स्थलमा पुगेर निर्देशन समेत दिए । पुल बगाएको स्थलमा पुगेर मन्त्री दाहालले भने–‘पहिलाको जस्तै गरेर बगाउने गरेर पुल नबनाउनु होला,मजबुत हुने गरेर बनाउनु ।’

बाढी पहिरोले सिन्धुपाल्चोकका विभिन्न स्थानमा धनजनको क्षति पुर्‍याएको र राजमार्गहरु जीर्ण भएपछि एमाले सिन्धुपाल्चोकको नेतृत्वले भौतिक योजना मन्त्री दाहाललाई विपदग्रस्त क्षेत्रमा पुर्‍याएर त्यहाँको स्थलगत अनुगमण गराएको थियो ।

खाग्लद खोला माथी राखिएको बेलिब्रिज एक महिना अगाडि आएको बाढीले बगाएपछि बाह्रविसे नगरपालिका र सडक विभागले अस्थाई कल्र्भट बनाएर यातायातका साधान सञ्चालनका लागि सहजीकरण गरिरहेपनि बाढी आउन साथ अस्थायी कल्र्भट बगाउँदा नाकासम्म पुग्न समस्या भइरहेको बाह्रविसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले मन्त्री दाहालसँग गुनासो गरेका थिए ।

खागदल खोलामा २०७७ साल असार २५ गतेको बाढीले पक्की पुल बगाएपछि बेलीब्रिज राखिएको थियो । एक महिना अगाडि आएको बाढीले त्यो बेलिबिजै समेत बगाएपछि पहिलाको भन्दा डिजाइनमा परिवर्तन गरेर बेलिब्रिज जडान गर्न लागिएको भौतिक योजना तथा पूर्वाधार मन्त्री दाहालले जानकारी दिए ।

सडक विभागले ठेक्का प्रक्रियामार्फत बेलिब्रिज जडानको सबै प्रक्रिया पूरा गरिसकेको र एक महिनाभित्र बेलिब्रिज जडान हुने सडक विभागका महानिर्देशक रामहरी पोखरेलले मन्त्री दाहाललाई जानकारी गराएका थिए ।

सडक विभागले ४ दशमलब २ मिटर चौडाइ र ३० मिटर लम्बाइ भएको बेलिब्रिज भदौ २८ गतेसम्म तयार गरिसक्ने गरेर ठेक्का दिइएको पोखरेलले बताए । भ्याटसहित पुलको लागत १ करोड २३ लाख रुपियाँ रहेको छ । २१ दिनभित्रै पुल निर्माण सम्पन्न गरेर यातायताका साधानलाई सञ्चालनका लागि सहज बनाउन मन्त्री दाहालले ठेकेदार र सम्बन्धित सरोकारवालालाई निर्देशन दिएका थिए ।

भौतिक पूर्वाधार मन्त्री दाहालले विपदग्रस्त सिन्धुपाल्चोकको अरनिको राजमार्गको कोठे,जुरे लगायतका स्थानमा बाढी पहिरोले पुर्‍याएको क्षतिको स्थलगत अनुगमण गरेपछि बाढी पहिरोले क्षति पुर्‍याएका पूर्वाधार छिटोभन्दा छिटो पुनर्निर्माण गरिने प्रतिबद्धता जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर